By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली–४ का उद्यमी महिलालाई सिलाई मेसिन हस्तान्तरण

दुधौली–४ का उद्यमी महिलालाई सिलाई मेसिन हस्तान्तरण

Dudhauli FM
Last updated: असार १२, २०८३
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफं.एम. सम्बाददाता

सिन्धुली, असार ११/

सिन्धुलीको दुधौली नगरपालिका–४ ले महिला सशक्तीकरण तथा स्वरोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वडाभित्रका उद्यमी महिलाहरूलाई सिलाई मेसिन वितरण गरेको छ। वडा कार्यालयले १० दिने उन्नत (एड्भान्स) सिलाई–बुनाइ तालिम सम्पन्न गरेका १० जना महिलालाई एक कार्यक्रमका बीच सिलाई मेसिन हस्तान्तरण गरेको हो।

वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा सहभागी महिलाहरूलाई तालिमपछि व्यवहारिक रूपमा सीप प्रयोग गर्न सकून् भन्ने उद्देश्यले सिलाई मेसिन प्रदान गरिएको वडा अध्यक्ष रित बहादुर विश्वकर्मा ले जानकारी दिनुभयो। उहाँका अनुसार महिलाहरूलाई सीपमूलक तालिममा मात्र सीमित नराखी त्यसलाई आयआर्जनसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

वडा अध्यक्ष विश्वकर्माले घरायसी जिम्मेवारीमा सीमित रहेका महिलाहरूलाई आत्मनिर्भर बनाउन र सामान्य लुगा सिलाउनसमेत बजार वा टेलरको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न यस्तो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। “महिलाहरूले आफ्नै घरमा आवश्यक कपडा सिलाउन सकून्, साथै भविष्यमा व्यावसायिक रूपमा समेत काम गरेर आर्थिक आम्दानी गर्न सकून् भन्ने उद्देश्यले सिलाई मेसिन वितरण गरिएको हो,” उहाँले भन्नुभयो।

वडा कार्यालयका अनुसार दुधौली–४ मा विगत दुई वर्षदेखि महिला लक्षित आधारभूत सिलाई–बुनाइ तालिम सञ्चालन हुँदै आएको छ। यस वर्ष भने सहभागीहरूको सीपस्तर अभिवृद्धि गर्ने उद्देश्यले थप उन्नत प्रकृतिको तालिम प्रदान गरिएको हो। तालिममा सहभागी महिलाहरूलाई सिलाई व्यवसाय सञ्चालनका लागि आवश्यक व्यवहारिक ज्ञान, विभिन्न प्रकारका पोशाक सिलाउने सीप तथा उद्यमशीलतासम्बन्धी आधारभूत जानकारीसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी महिलाहरूले वडाको पहलले आफूहरूलाई आत्मनिर्भर बन्ने अवसर प्राप्त भएको बताएका छन्। उनीहरूका अनुसार घरको चार पर्खालभित्र सीमित जीवनशैलीबाट बाहिर निस्केर सीप सिक्ने, आफ्ना लागि आवश्यक कपडा तयार गर्ने र भविष्यमा अतिरिक्त आम्दानीको स्रोत सिर्जना गर्ने अवसर प्राप्त भएको छ।

स्थानीय तहहरूले सञ्चालन गर्ने यस्ता सीपमूलक तथा स्वरोजगारमूलक कार्यक्रमले महिलाको आर्थिक सशक्तीकरण, घरेलु उद्यम प्रवर्द्धन तथा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। दुधौली नगरपालिका–४ को यो पहलले ग्रामीण महिलाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने अभियानलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

दुधौलीमा वन अतिक्रमणविरुद्ध अभियान सुरु, अवैध टहरा र संरचना हटाइँदै

By Dudhauli FM

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी, सिन्धुलीका प्र.प्र.अ.हरुको ध्यानाकर्षण

By Dudhauli FM
Uncategorized

नेकपाका प्रभावशाली नेता रामशरण थापा नेपाली काँग्रेसमा प्रवेश, जिल्ला सदस्यमा मनोनयन

By Dudhauli FM
Uncategorized

सिन्धुलीको दुधौली,कमलाखोज क्षेत्रमा तोरी उत्पादन घट्दा किसान चिन्तित

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?