By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीमा वन अतिक्रमणविरुद्ध अभियान सुरु, अवैध टहरा र संरचना हटाइँदै

दुधौलीमा वन अतिक्रमणविरुद्ध अभियान सुरु, अवैध टहरा र संरचना हटाइँदै

Dudhauli FM
Last updated: बैशाख २, २०८३
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. सम्वाददाता

दुधौली / सिन्धुलीको दुधौली नगरपालिका क्षेत्रमा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अवैध घर, टहरा, गोठ तथा लगाइएका फलफूलबाली हटाउने अभियान सुरु गरिएको छ। सामुदायिक वन उपभोक्ता समितिको अनुरोधमा डिभिजन वन कार्यालय सिन्धुलीको समन्वय तथा दुधौली नगरपालिकाको सहयोगमा अतिक्रमित क्षेत्र पहिचान गरी हटाउने कार्य अघि बढाइएको हो।

अभियानको पहिलो चरण दुधौली नगरपालिका–१० स्थित मंगलपुर सामुदायिक वन क्षेत्रबाट सुरु गरिएको सब डिभिजन वन कार्यालय दुधौलीले जनाएको छ। वन क्षेत्रभित्र अनधिकृत रूपमा बनाइएका टहरा, गोठ तथा खेतीपाती हटाउन नगर प्रहरी, वन कर्मचारी र स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।

जिल्ला वन कार्यालय सिन्धुलीका अनुसार दुधौली नगरपालिका भित्र वन क्षेत्रको कति जग्गा अतिक्रमणमा परेको छ भन्ने यकिन तथ्यांक नभए पनि सयौं बिघा क्षेत्रफल अवैध रूपमा कब्जा भएको हुन सक्ने अनुमान गरिएको छ।

मंगलपुर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बिल्टु कुमार दनुवारका अनुसार वडा नं. १० को उक्त वन क्षेत्रमा मात्रै करिब ३ देखि ४ बिघाभन्दा बढी जग्गा अतिक्रमणमा परेको छ।

नगर प्रहरी दुधौलीका इन्चार्ज सुरेन्द्र कुमार दनुवारले अभियानको पहिलो दिनमै १५ घरधुरीले बनाएका टहरा, गोठ तथा लगाइएका फलफूलका बोटबिरुवा हटाइएको जानकारी दिए।

नगरपालिकाले वन क्षेत्र संरक्षण, सार्वजनिक सम्पत्तिको रक्षा तथा वातावरणीय सन्तुलन कायम गर्न आगामी दिनमा पनि अतिक्रमण हटाउने अभियान निरन्तर सञ्चालन गरिने जनाएको छ। स्थानीयवासीलाई वन क्षेत्र अतिक्रमण नगर्न तथा संरक्षणमा सहयोग गर्न आग्रह गरिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Wie gut ist die Benutzererfahrung bei Dragonia Casino im Vergleich?

By Dudhauli FM

Il Jaywalking in Italia: rischi, sanzioni e come rispettare i passaggi pedonali

By Dudhauli FM

Differenze tra casino online europei con bonus senza deposito e promozioni tradizionali

By Dudhauli FM

L’effetto delle luci di Las Vegas sulla percezione del rischio tra i visitatori

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?