By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

Dudhauli FM
Last updated: असार २२, २०८३
By Dudhauli FM
Uncategorized
Share
3 Min Read
SHARE

दुधौली एफएम संवाददाता

दुधौली / नेपाल प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्ने तीन जना नायब महानिरीक्षक (डीआईजी) सहित देशभरका १०४ जना प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ। प्रहरी प्रधान कार्यालयले कार्यसम्पादन, नेतृत्व क्षमता र व्यावसायिक योगदानको मूल्यांकनका आधारमा विभिन्न तहका प्रहरी कर्मचारीलाई प्रोत्साहनस्वरूप सम्मान प्रदान गरेको जनाएको छ।

पुरस्कृत हुने डीआईजीहरूमा कर्णाली प्रदेश प्रहरी कार्यालयका जयराज सापकोटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका भूपेन्द्रबहादुर खत्री तथा विश्वराज अधिकारी रहेका छन्। यसैगरी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा, नवराज अधिकारी, गोविन्द अधिकारी, शान्तिराज कोइराला र वेद बिष्ट तथा प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशी, दीपक श्रेष्ठ, शरदकुमार थापा क्षेत्री, कुमोद ढुंगेल, अनन्तराम शर्मा, कमला लामा र सूर्यबहादुर थापासहित अन्य प्रहरी कर्मचारीलाई समेत नगदसहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो।

यसैक्रममा सिन्धुलीको इलाका प्रहरी कार्यालय भिमानका प्रमुख प्रहरी निरीक्षक राजु के.सी. (खत्री) पनि उत्कृष्ट कार्यसम्पादनका लागि सम्मानित हुनुभएको छ। उहाँलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि, २०७९’ बमोजिम २०८३ साल जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गर्दै सम्मान गरेको थियो।

प्रहरी निरीक्षक के.सी.ले भिमान क्षेत्रको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनुका साथै स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा स्मार्ट कन्ट्रोल रुम स्थापना प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। साथै, भिमान चेकपोस्टमा सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत जेठ महिनामा मात्रै २७०.८६ ग्राम खैरो हेरोइनसहित १८ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन उहाँको नेतृत्व सफल भएको थियो।

त्यसैगरी विभिन्न आपराधिक घटनामा संलग्न फरार अभियुक्त, कारागारबाट फरार भएका व्यक्ति तथा इन्टरपोलको रेड कर्नर नोटिस जारी भएका व्यक्तिहरूको खोजी तथा पक्राउमा समेत उहाँले प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उहाँको कार्यसम्पादनको उच्च मूल्यांकन गर्दै उत्कृष्ट प्रहरी घोषणा गरेको थियो।

यस आर्थिक वर्ष २०८२/०८३ मा नेपाल प्रहरी प्रधान कार्यालयबाट सम्मानित हुने प्रहरी निरीक्षक के.सी. सिन्धुली जिल्लाबाट छनोट हुने एकमात्र प्रहरी अधिकृत बन्न सफल हुनुभएको छ। राजमार्ग सुरक्षा व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, नागरिक सुनुवाइ तथा अपराध नियन्त्रणसम्बन्धी सचेतनामूलक अभियानमार्फत नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउन उहाँले पुर्‍याएको योगदानको समेत उच्च मूल्यांकन गरिएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्रहरी निरीक्षक के.सी.लाई प्रदान गरिएको सम्मानले प्रहरी संगठनभित्र उत्कृष्ट कार्यसम्पादन, व्यावसायिक दक्षता तथा जनसेवामुखी कार्यप्रति थप प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Best Poker Games at Milkywins Casino

By Dudhauli FM

Risorse e guide utili per principianti che vogliono iniziare con casino gratis senza deposito

By Dudhauli FM

Ottimizzazione avanzata della segmentazione semantica nei video tutorial in lingua italiana: implementazione dettagliata del Tier 2 con workflow integrato

By Dudhauli FM
Uncategorized

शिक्षक आन्दोलनमा दुधौलीका शिक्षक अग्रपंक्तिमा, फोटो फिचर

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?