By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > ८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

Dudhauli FM
Last updated: असार १८, २०८३
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम.सम्बाददाता

सिन्धुली / गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत दुधौली नगरपालिकाले स्थानीय लघु उद्यमीहरूको उत्पादन क्षमता अभिवृद्धि तथा व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले प्रविधि हस्तान्तरण तथा आवश्यक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्रकिशोर थारु, वडा नं. ९ का वडा अध्यक्ष देवप्रसाद अधिकारी दनुवार, उद्यम विकास उपशाखा प्रमुख किरणजङ्ग भुजेल, शाखाकी कर्मचारी निर्जला राना मगर तथा नगरपालिकाका विभिन्न शाखाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमअन्तर्गत दुधौली नगरपालिका–१ स्थित राधा साबुन उद्योग लाई ८० प्रतिशत अनुदान र २० प्रतिशत स्वलगानीको आधारमा उत्पादनमा आवश्यक सामग्री हस्तान्तरण गरिएको छ। उद्योगलाई ५०० मिलिलिटर र १ लिटर क्षमताका मेजरिङ जग, साना तथा ठूला आकारका सादा र बुट्टेदार फर्मा, बाल्टिन, प्लन्जर लगायतका सामग्री उपलब्ध गराइएको उद्यम विकास उपशाखाले जनाएको छ।

त्यसैगरी, दुधौली नगरपालिका–९ मा सञ्चालित न्यु रमिता झोला उद्योग लाई एक थान सिलाइ मेसिन, एक थान कैँची तथा एक थान सोकेस र्याक प्रदान गरिएको छ। यी सामग्रीले उद्योगको उत्पादन तथा बजार व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस्तै, दुधौली नगरपालिका–८ स्थित चन्द्रमुखी फाइबर उद्योग लाई एक थान स्टिल दराज र एक थान स्टिल र्याक हस्तान्तरण गरिएको छ। उक्त सामग्रीले उद्योगको व्यवस्थापन तथा उत्पादन प्रक्रियालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको यस प्रविधि हस्तान्तरण कार्यक्रमले स्थानीय उद्यमीहरूको सीप, उत्पादन क्षमता र आर्थिक गतिविधि विस्तारमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रमअन्तर्गत उपलब्ध गराइएका सामग्रीमा ८० प्रतिशत अनुदान तथा २० प्रतिशत उद्यमीको स्वलगानी रहने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Sweet Bonanza Super Scatter: Wie digitale Fallmechanik das Spielverhalten verändert

By Dudhauli FM
Uncategorized

घरेलु टिमलाई हराउँदै दुधौली क्रिकेट कपको उपाधि सिन्धुली क्रिकेट क्लबले उचालेका छन ।

By Dudhauli FM

Регистрация 1xbet и ответственность игрока: важные аспекты

By Dudhauli FM
Uncategorized

दुधौलीका छुट्टाछुट्टै वडामा १६ हप्ते कृषक पाठशालाको समापन

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?