By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीका छुट्टाछुट्टै वडामा १६ हप्ते कृषक पाठशालाको समापन

दुधौलीका छुट्टाछुट्टै वडामा १६ हप्ते कृषक पाठशालाको समापन

दुधौलीका छुट्टाछुट्टै वडामा १६ हप्ते कृषक पाठशालाको समापन

Dudhauli FM
Last updated: बैशाख १५, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE
Highlights
  • दुधौलीका छुट्टाछुट्टै वडामा १६ हप्ते कृषक पाठशालाको समापन

दुधौली एफ.एम.सम्वाददाता

सिन्धुली, वैशाख १३ – सिन्धुली जिल्लाको दुधौली नगरपालिकाका छुट्टाछुट्टै वडामा सञ्चालन गरिएको १६ हप्ते कृषक पाठशाला औपचारिक समारोहका साथ सम्पन्न भएको छ। दुधौली नगरपालिका वडा नम्बर १० स्थित कर्था सामुदायिक कृषि समूह र वडा नम्बर १२ को जिनाखु कृषि समूहमा कार्यक्रम सम्पन्न भएको हो।

आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रमअन्तर्गत कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता कार्यक्रम कृषक पाठशाला को समापन कार्यक्रम दुधौली नगरपालिकाका उप–प्रमुख चन्द्र किशोर थारुको प्रमुख आतिथ्यता र कर्था कृषि समूहकी अध्यक्ष मसिनी माया सुनुवार तथा जिनाखु महिला कृषि समूहकी अध्यक्ष मुना लुङेली मगरको सभापतित्वमा सम्पन्न भएको थियो ।

समापन कार्यक्रममा आमंत्रित प्रमुख अतिथि, अतिथि तथा सहभागिहरुद्वारा १६ हप्ता सम्म संचालित कृषि पाठशालाको स्थलगत अनुगमन तथा अवलोकन गरेका थिए । अनुगमनमा कृषकले परम्परागत गरिने खोति र पाठशालाबाट सिकाईएको आधुनिक प्रबिधिको अर्गानिक बिधिको खोति बिचको उत्पादन र श्रममा भएको फरक बरे अध्ययन गरेका थिए ।

हेफर प्रोजेक्ट नेपाल र दुधौली नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित पाठशाला २०८१ साल पुष १२ गतेदेखि चैत ३१ गतेसम्म सञ्चालन गरिएको थियो। पाठशालामा सहभागी कृषकहरूलाई कृषि तथा पशुपालन सम्बन्धी आधुनिक प्रविधि, उद्यमशीलता विकास, वित्तीय साक्षरता लगायतका विषयमा ज्ञान प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि उप–प्रमुख थारुले १६ हप्ते पाठशाला सम्पन्न गरेका कृषकहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा कृषि प्राविधिक आशिष अधिकारी दनुवारले सहभागी कृषकहरूलाई तरकारी खेतीमा परम्परागत र आधुनिक विधि अपनाउने तरिका तथा अर्गानिक उत्पादन वृद्धि गर्ने उपायहरूबारे जानकारी दिएका थिए।

समापन समारोहमा स्थानीय सरकारका प्रतिनिधि, कार्यक्रम सञ्चालक संस्था ह्याण्ड्स नेपाल सिन्धुलीका पदाधिकारीहरू र पाठशालाका सहभागी कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले कृषकहरूलाई उत्पादन वृद्धि र व्यावसायिक कृषि प्रवर्द्धनतर्फ थप प्रेरित गर्ने अपेक्षा गरिएको छ । 

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Как зайти на вавада

By Dudhauli FM
Uncategorized

नेकपा (माओवादी केन्द्र) दुधौली नगर कमिटिको दोस्रो सम्मेलन सम्पन्न, अर्जुन कार्की अध्यक्षमा सर्वसम्मत निर्वाचित

By Dudhauli FM

How Uncertainty Shapes Our Decision-Making

By Dudhauli FM
Uncategorized

काजु सफलतापछि ड्रागन फ्रुटतर्फ नमुना मावि लदाभिरको अर्को पहल

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?