प्रतिमा दियाली
दुधौली/ नेपाल बिद्यार्थी संघ सिन्धुलीले गत चैत्र ५ गते सिन्धुलीमा सम्पन्न भएको स्ववियु निर्वाचनबाट निर्वाचित नेवि संघका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान तथा बनभोज कार्यक्रमको आयोजना गरेको छ । यसै अवसरमा नव वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम समेत सिन्धुलीमा भव्य आयोजनाका सम्पन्न भएको हो । कार्यक्रम नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष भरत विकको अध्यक्षता तथा उपसभापति दीपक कुमार घिमिरेको प्रमुख आथिथ्यतामा भएको थियो ।
साथै कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति मोहन बराल, जिल्ला कार्यसमिति सचिव कान्छामन वल, इश्वर बस्नेत लगायत क्षेत्रीय, प्रदेश तथा स्थानीय तहका सभापति, जनप्रतिनिधि, विभिन्न भातृसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, क्याम्पस इकाइ सभापति तथा स्ववियु पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला भरीका १२ वटा क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको थियो भने जम्मा २३० भन्दा अडिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा नव निर्वाचित स्ववियुका ३० जना पदाधिकारी तथा सदस्यहरुलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रमका सभापति भरत विकले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै, स्ववियु निर्वाचनमा विजयी सम्पूर्ण पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । उनले नेपाल विद्यार्थी संघलाई अझ सशक्त, सुदृढ र विद्यार्थी हितमा क्रियाशील बनाउनका लागि नेपाल बिद्यार्थी संघ सधै तयार रहेको बताउदै अगामी दिनमा विविध कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
त्यसैगरी पूर्व सभापति बरालले बिजयी सबै पदाधिकारीहरुलाई बधाई र सफलताको कामना गर्नु हुँदै बिजयी नहुने सम्पूर्ण पदाधिारीहरुलाई पनि हरेस नखान र समग्र बिद्यार्थीहरुको हक हितमा आवाज बिहिनहरुको आवान बन्न गर्नु भयो । कार्यक्रममा सहभागि सम्पूर्ण बक्ताहरुले जित हुँदैमा नमात्तिन र हार हुँदैमा नमात्तिनको लागि सम्पूर्ण बिद्यार्थीहरुलाई सुझाव दिनु भएको थियो ।
बिद्यार्थीमा पढाई संगै नैतिक र राजनीतिक चेत हुनु पर्ने तर यसको सहि सदुपयोग गर्नु पर्नेमा अधिकांश बक्ताहरुको भनाई रहेको थियो ।