By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दनुवार भाषाको शब्दकोश विमोचन,भाषा संरक्षण अभियानमा ऐतिहासिक कदम

दनुवार भाषाको शब्दकोश विमोचन,भाषा संरक्षण अभियानमा ऐतिहासिक कदम

Dudhauli FM
Last updated: बैशाख २७, २०८३
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

भाषा संरक्षण अभियानमा ऐतिहासिक कदम

दुधौली एफ.एम सम्वाददाता

सिन्धुली, वैशाख २६ / लोपोन्मुख आदिवासी जनजाति समुदायअन्तर्गत पर्ने दनुवार समुदायले आफ्नो भाषा, संस्कार र संस्कृति संरक्षणका लागि महत्वपूर्ण पहल गर्दै दनुवार–नेपाली–अंग्रेजी शब्दकोश सार्वजनिक गरेको छ।

दनुवार जागरण समिति सिन्धुली र मातृभाषा केन्द्र नेपाल, ललितपुरको संयुक्त आयोजनामा शनिबार दुधौली नगरपालिका–९ स्थित रञ्जना होटलको सभाहलमा आयोजित एक कार्यक्रमबीच शब्दकोशको औपचारिक विमोचन गरिएको हो।

कार्यक्रम दनुवार जागरण समिति सिन्धुलीका अध्यक्ष श्रवण कुमार अधिकारी दनुवारको अध्यक्षतामा सम्पन्न भएको थियो। दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्रकिशोर थारु दनुवार प्रमुख अतिथि रहेका कार्यक्रममा दनुवार जागरण समितिका पूर्व संस्थापक अध्यक्ष विषमलाल अधिकारी दनुवार, मातृभाषा केन्द्र नेपालका निर्देशक शुशिल शुब्बा तथा भाषा विज्ञ डा. नेत्रमणि डुमी राई विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा शिक्षक, बुद्धिजीवी, भाषाप्रेमी तथा दनुवार समुदायका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। वक्ताहरूले भाषा संरक्षण बिना समुदायको मौलिक पहिचान जोगिन नसक्ने भन्दै दनुवार भाषाको संरक्षण आजको आवश्यकता भएको बताए।

आयोजकका अनुसार दनुवार समुदायले यसअघि दनुवार वर्णमाला तथा सहज रूपमा पढ्न र बोल्न सकिने पुस्तक प्रकाशन गरिसकेको छ। सोही अभियानलाई निरन्तरता दिँदै अहिले दनुवार–नेपाली–अंग्रेजी शब्दकोश प्रकाशन गरिएको हो।

मातृभाषा केन्द्र नेपाल, एस.आई.एल. इन्टरनेशनल तथा दनुवार जागरण समिति सिन्धुलीको संयुक्त प्रयासमा तयार पारिएको उक्त शब्दकोशले दनुवार भाषालाई पुस्तान्तरण गर्न, नयाँ पुस्तामा भाषाप्रतिको आकर्षण बढाउन तथा भाषा संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले “भाषा जोगिए मात्र संस्कार र संस्कृति जोगिन्छ” भन्ने धारणा राख्दै लोपोन्मुख अवस्थामा पुगेको दनुवार भाषाको संरक्षणका लागि शब्दकोश प्रकाशन ऐतिहासिक उपलब्धि भएको बताएका थिए।

दनुवार समुदायले भाषा संरक्षणमार्फत आफ्नो मौलिक पहिचान बचाइ राख्ने उद्देश्यसहित थालेको यो अभियानलाई समुदायभित्र सकारात्मक र उत्साहजनक कदमका रूपमा हेरिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

पुस १३ आईतबार गते उदयपुरको कटारीमा हर्क साङ्पाङको सम्बोधन हुने

By Dudhauli FM
Uncategorized

कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु

By Dudhauli FM

Understanding Terms and Conditions at GunsBet Casino

By Dudhauli FM

No Deposit Bonuses: Real or Myth?

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?