By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > सिन्धुलीको सबैभन्दा पुरानो सडक दुधौली–खिरियानी–कोगटी ओझेलमै

सिन्धुलीको सबैभन्दा पुरानो सडक दुधौली–खिरियानी–कोगटी ओझेलमै

Dudhauli FM
Last updated: चैत्र ३१, २०८१
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

Contents
आश्वासन मात्र, काम शून्यबारम्बार सर्वे, तर कार्यान्वयनको अभावस्थानीयको आक्रोश र आशा

दुधौली न्यूज संवाददाता
दुधौली, सिन्धुली/

सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा पछिल्लो समय विभिन्न स्थानमा सडक स्तरोन्नति र कालोपत्रे कार्य तीव्र रूपमा भइरहेका छन्। यसले स्थानीयहरूमा आशा र उत्साह जगाएको छ। तर, विडम्बनापूर्ण कुरा के छ भने, दुधौलीकै सबैभन्दा पुरानो र अत्यधिक प्रयोगमा रहेको दुधौली–खिरियानी–पत्यानी–कोगटी सडक भने अझैसम्म पनि सरोकारवालाहरूको ध्यानबाट टाढा रहेको छ।

स्थानीयहरूले पटक–पटक गुनासो गर्दै आएका छन् कि यो सडकले हजारौं विद्यार्थी पढ्न आउने लदाभिर माध्यमिक विद्यालय, साथै कोगटी प्रहरी तालिम केन्द्र जस्ता महत्वपूर्ण स्थानहरू जोड्ने भए पनि आवश्यक मर्मत र स्तरोन्नतिको पर्खाइमै छ। दुधौली नगरपालिका–९ का स्थानीय ज्ञानबहादुर गुरुङ भन्छन्, “तीन सरकार फेर्दा पनि यो सडकको रूप फेरिएन, जब प्रतिनिधिहरूकै इच्छाशक्ति छैन भने आम जनताको के लाग्छ र?”

आश्वासन मात्र, काम शून्य

स्थानीय उपभोक्ताहरूको अनुसार, सम्बन्धित वडाबाट प्रत्येक वर्ष सामान्य मर्मत—नदीको बालुवा छर्ने, खाल्डाखुल्डी पूर्ने—जस्ता कार्य हुँदै आएका छन्। तर, सामान्य वर्षातमै सडक पुनः बिग्रिने गर्छ। वर्षौँदेखि यो अवस्थाबाट गुज्रिँदै आएका वडा नं. ९, १०, ११ र ६ का नागरिकहरू दैनिक सास्ती भोगिरहेका छन्।

बारम्बार सर्वे, तर कार्यान्वयनको अभाव

वडा नं. ९ का अध्यक्ष देव अधिकारी भन्छन्, “सडकको लागि धेरै पटक सर्वे भयो, तर सडकले मुख कालो गर्ने सपना कहिले पुरा भएन।” उनका अनुसार सडक लामो र क्षेत्र ठूलो भएकोले वडास्तरीय सानो बजेटले मात्र काम सम्भव छैन।

नगर प्रमुख दिनेश अधिकारी दनुवारका अनुसार, “यो सडकको सर्वे प्रदेश तथा केन्द्र सरकारका टोलीले पनि गरिसकेका छन्। तर लाखौँको बजेट लाग्ने भएकाले नगरले मात्र समाधान निकाल्न सक्दैन। हामीले बारम्बार सम्बन्धित मन्त्रालय र निकायको ढोका ढकढक्याउँदा पनि हालसम्म सुनुवाइ भएको छैन।”

स्थानीयको आक्रोश र आशा

सडकको दुर्दशा देखेर कतिपय स्थानीयहरू सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन्। उनीहरूको भनाइ छ—”जहाँ कम प्रयोग हुने ठाउँमा समेत कालोपत्रे भइरहेको छ, त्यहाँ दैनिक सयौँ मानिस ओहोरदोहोर गर्ने यस सडकको बेवास्ता गर्नु लज्जास्पद हो।”

यद्यपि समग्रमा नगर क्षेत्रको पूर्वाधार सुधारको क्रम उत्साहजनक देखिएको छ, अब समय आएको छ कि दुधौली–खिरियानी–कोगटी जस्तो ऐतिहासिक र महत्वपूर्ण सडकलाई पनि समुचित प्राथमिकता दिइयोस्।
स्थानीयहरू अहिले पनि आशावादी छन्—कि आगामी बजेटमा यो सडकको निर्माणमा विशेष ध्यान दिइनेछ र वर्षौंदेखि धुलो र हिलोसँग लड्दै आएका नागरिकहरूले सहज आवागमनको सुविधा पाउनेछन्।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

मट्टितेल/ पेट्रोलबाट आगलागी हुँदा महिलाको मृत्यु, एक जना घाइते

By Dudhauli FM
Uncategorized

दुधौली १४ को वि. व्य. स.को अध्यक्षमा नयन सुनुवार सर्वसम्मत

By Dudhauli FM

Tecnologie innovative nei casinò online senza registrazione: cosa aspettarsi

By Dudhauli FM

Guida alle migliori app di casinò per utenti con budget limitato

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?