दुधौली एफएम सम्वाददाता
दुधौली / सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१४ स्थित जनजागृति आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन कार्यक्रम सम्पन्न भएको छ।
आज सम्पन्न भेलाबाट भएको छलफल तथा सहमतिअनुसार युवा समाजसेवी तथा विद्यालय सुधार अभियन्ता नयन सुनुवार सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन हुनुभएको छ।
उक्त कार्यक्रम वडा अध्यक्ष भैर बहादुर पुलामी मगर को अध्यक्षतामा तथा अभिभावकहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो । समिति शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १२ बमोजिम विद्यालय व्यवस्थापन समिति गठन गरिएको जनाइएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले विद्यालयको शैक्षिक स्तर उकास्न, व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा अभिभावक, शिक्षक र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउनु पर्ने आवश्यकता औँल्याउनु भयो।जसको लागि यूवा समाजसेवी सुनुवारले सुधार गर्न सक्ने बिश्वास व्यक्त गर्नु भयो ।
नवगठित समितिले विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय विकासमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
