By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम दुधौलीमा प्रभावकारी हुन नसकेको गुनासो

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम दुधौलीमा प्रभावकारी हुन नसकेको गुनासो

Dudhauli FM
Last updated: भदौ १७, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE


दुधौली एफ.एम सम्बाददाता
सिन्धुली — बागमती प्रदेश सरकारले प्राथमिकताका साथ सुरु गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सिन्धुलीको दुधौली नगरपालिकामा अपेक्षित परिणाम दिन नसकेको अभिभावक, विद्यार्थी र शिक्षकहरूले गुनासो गरेका छन्।
विद्यालयमै उपचार तथा स्वास्थ्य सेवा उपलब्ध हुने दाबी भए पनि धेरै विद्यालयमा समयमै सेवा नपाइने, आवश्यक सामग्री अभाव हुने र व्यवस्थापनमा अन्यौल कायम रहेको बताइएको छ।
दुधौली नगरपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालय डकाहाकी एक छात्राले रजस्वला हुँदा अझै पनि समस्या झेल्नुपरेको अनुभव सुनाइन्। उनका अनुसार, निःशुल्क सेनेटरी प्याड पाउने भनिए पनि धेरैजसो समयमा स्टक सकिने हुँदा स्वास्थ्य चौकी धाउनुपर्ने बाध्यता रहन्छ। साथै, प्याड व्यवस्थापनका लागि सुरक्षित डस्टबिनसमेत धेरै विद्यालयमा नभएको विद्यार्थीहरूको गुनासो छ।

नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक शाहीले पनि कार्यक्रम सञ्चालनमा चुनौती रहेको स्वीकार गर्दै भने, “विद्यालयमा नर्स त छन् तर उनीहरूको भूमिका स्पष्ट छैन। प्रायः सामान्य औषधि बाँड्ने वा समय पास गर्नेभन्दा बढी योगदान हुन सकेको छैन।”
विद्यालय नर्सहरूले पनि संसाधन र आवश्यक सामग्री अभावका कारण काम प्रभावकारी नभएको बताएका छन्। उनीहरूको भनाइमा, विद्यार्थीहरू अझै महिनावारी वा व्यक्तिगत स्वास्थ्य समस्याबारे खुलेर बोल्न सक्दैनन् भने, सामग्री अभावले उपलब्ध सेवा पनि सीमित हुन पुग्छ।
नमुना माविकी एक छात्राले नर्सको सहयोग अपेक्षाकृत नपाएको उल्लेख गर्दै भनिन्, “महिनावारी हुँदा साथीहरूको जिस्क्याइ रहन्छ । नर्स सहयोगी भए पनि कहिलेकाहीँ आफैं अनुपस्थित गर्नु हुँन्छ । समस्या राख्दा पनि झर्कने वा थर्काउने गर्नु हुन्छ ।” यसो गर्दा धेरै बिद्यार्थीहरु नर्स समक्ष जानै डराउछन् । बिद्यालय नर्स धेरै समय टिकटक मै व्यस्त हुन्छ । उनिहरुको गनुसो रहेको छ ।
विद्यालयमा नर्स पद सृजना भए पनि स्पष्ट जिम्मेवारी, पर्याप्त स्रोत र प्रभावकारी स्वास्थ्य शिक्षा अभावले गर्दा कार्यक्रमले लक्ष्यअनुसारको नतिजा दिन नसकेको देखिन्छ। अभिभावक, विद्यार्थी, शिक्षक र नर्स स्वयंले व्यक्त गरेका गुनासोले यो कार्यक्रम अझै पुनरावलोकन र सुधारको खाँचो रहेको प्रष्ट पार्छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

दुधौलीका मनो–सामाजिक कार्यकर्ता आफै अन्यायमा परेको गुनासो

By Dudhauli FM
Uncategorized

प्रहरी जवान आधारभूत तालिम ६–२०४ समूहको दीक्षान्त समारोह

By Dudhauli FM
Uncategorized

गिचियानी क्रीकेट क्लबलाई पछि पार्दै घरेलु टिम दुधौली क्रीकेट क्लब Aफाईनलमा

By Dudhauli FM

How App Clips, Geo-Restrictions, and App Removals Are Shaping the Future of Digital Access

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?