By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > जनमुखी कार्यमा अग्रणी दुधौलीका कान्छा वडा अध्यक्ष रित बहादुर विश्वकर्मा (रितेश)

जनमुखी कार्यमा अग्रणी दुधौलीका कान्छा वडा अध्यक्ष रित बहादुर विश्वकर्मा (रितेश)

Dudhauli FM
Last updated: पुस २२, २०८२
By Dudhauli FM
Uncategorized
Share
5 Min Read
SHARE

दुधौली एफएम संवाददाता
दुधौली, सिन्धुली/ उमेरले कान्छा भए पनि कामले अनुभवी र दृष्टिले दूरगामी—दुधौली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रित बहादुर विश्वकर्मा (रितेश) आज जनमुखी विकास र पारदर्शी नेतृत्वको उदाहरण बन्नु भएको छ। निर्वाचित भएको छोटो समयमै सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति र स्थानीय अर्थतन्त्रका क्षेत्रमा देखिने गरी काम गरेर उहाँले “काम गरेर देखाउने युवा जनप्रतिनिधि” को पहिचान बनाउनु भएको छ ।
महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिकदेखि अल्पसंख्यक समुदायसम्मको मन जित्न सफल भएका वडा अध्यक्ष विश्वकर्मालाई वडाबासीले पहिलो पटक उम्मेदवार हुँदा नै भारी मतसहित विजयी गराएका थिए। समाजप्रतिको सक्रियता, स्पष्ट सोच र सबै पक्षसँग समन्वय गरेर काम गर्ने शैली नै उनको सफलताको आधार बनेको स्थानीयको भनाइ छ।
योजनाको प्राथमिकता र समन्वयात्मक विकास
निर्वाचनपश्चात वडा अध्यक्ष विकले वडाभित्रका भद्रभलाद्मी, बुद्धिजीवी र विज्ञहरूसँग व्यापक छलफल गरी विकास योजनाको प्राथमिकता तय गरे। पालिकाबाट विनियोजित बजेटलाई प्रदेश र संघीय सरकार, साथै सम्बन्धित सांसदहरूसँग समन्वय गर्दै विकास निर्माणका कार्यलाई तीव्रता दिइएको छ।
सडक पूर्वाधारमा सुधार
वडाभित्रका कच्ची सडकलाई प्राथमिकतामा राख्दै विस्तार र स्तरोन्नति गरिएको छ। विगतदेखि अलपत्र परेका योजनालाई निरन्तरता दिँदै विशेष गरी दनुवार समुदाय बसोबास गर्ने टोल तथा गल्लीहरूमा पक्की ढलान गरी सडकलाई हिलोमुक्त बनाइएको छ। साथै, वडाका ठूला योजनाअन्तर्गत कर्मा कोरिडोर, पचरुखी कोरिडोर र तमोर्नी कोरिडोर लाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ।
खानेपानी समस्या समाधान तर्फ ठोस पहल
वडा नम्बर ४ मा लामो समयदेखि देखिँदै आएको खानेपानी अभाव समाधानका लागि वडा अध्यक्षकै पहलमा संघीय सांसद श्याम घिमिरेको सहयोगमा बृहत् खानेपानी योजना सुरु गरिएको छ।
हाल बनगरा, नयाँबजार, डकाहा बजार, खोरिया र रातेटार क्षेत्रमा खानेपानी सञ्चालनमा आएको छ भने डुडा क्षेत्रमा ६० वटा धारा निर्माण कार्य भइरहेको छ। यसले वडावासीलाई स्वच्छ र नियमित खानेपानी उपलब्ध गराउन तयरी गरिएको छ।
खेलकुदमार्फत युवा सशक्तीकरण

वडा नम्बर ४ को संयोजकत्व र संरक्षणमा सक्रिय युवा क्लबहरूलाई थप सहयोग गरिएको छ भने निष्क्रिय क्लबहरूलाई पुनः सक्रिय बनाइएको छ। वडा अध्यक्षकै पहल र प्रोत्साहनका कारण स्थानीय टोली राष्ट्रियस्तरको सी डिभिजन क्वालिफायरमा पटकपटक प्रतिस्पर्धा गर्न सफल भएको छ।
त्यसैगरी “ग्राउण्ड जिरो अभियान” अन्तर्गत बालबालिकालाई मोबाइलको लतबाट जोगाउँदै खेलकुदमा सक्रिय बनाउने अभियान प्रभावकारी बन्दै गएको छ ।
शिक्षामा विशेष प्राथमिकता
शिक्षा क्षेत्रलाई वडा अध्यक्ष विश्वकर्माले उच्च प्राथमिकतामा राखेका छन्। विद्यालय व्यवस्थापन, शैक्षिक वातावरण सुधार र विद्यार्थी सहभागिता बढाउन निरन्तर पहल भइरहेको छ।
वडा कार्यालयमार्फत प्रत्येक वर्ष क्याम्पस तहमा अध्ययन गर्ने ५ जना छात्रालाई पूर्ण छात्रवृत्ति, जियोमेट्रिक्स धारका १५ जना विद्यार्थीलाई प्रत्यक वर्ष पूर्ण छात्रवृत्ति तथा सरस्वती मावि डकाहामा अध्यनरत सिभिल इन्जिनियरिङ अध्ययनरत वडा भित्रका १० जना विद्यार्थीलाई प्रत्येक वर्ष पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ।
स्वास्थ्य क्षेत्रमा सुधार
स्वास्थ्य सेवामा पनि वडा नम्बर ४ ले उल्लेख्य सुधारको प्रयास गरेको छ। आफ्नै वडाभित्र व्यवस्थित भवन निर्माण गरी शहरी स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको छ। साथै, वडाभित्रका ज्येष्ठ नागरिक, विपन्न, गरिब तथा दलित परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा को व्यवस्था गरिएको छ।


स्थानीय उद्योगी प्रोत्साहन र बजार विस्तार
वडा नम्बर ४ को सक्रियतामा आफ्नै वडाभित्र खनिया र डकाहा बजारमा दुईवटा साप्ताहिक हाटबजार सञ्चालनमा ल्याइएको छ। कमलाखोंजको ऐतिहासिक तथा पुरानो बाला चतुदर्शी मेला लाई वडाको पहलमा थप व्यवस्थित गर्दै दुधौली र कमलाखोंजकै पहिलो ऐतिहासिक मेलाको रूपमा विकास गरिएको छ ।
हाटबजार व्यवस्थापनका लागि प्रदेश सांसद सुकुमाया तामाङको सक्रियता र सहयोगमा ट्रष्ट निर्माणको काम भएको छ। साथै, वडा कार्यालयले स्थानीय क्लबहरूसँग सहकार्य गर्दै पालिकाकै पहिलो पटक राष्ट्रिय कलाकारहरूको धमाकेदार सांस्कृतिक प्रस्तुति आयोजना गरेको छ।


धार्मीक तथा संस्कृतिको संरक्षण
वडा अध्यक्ष विकले परम्परागत धर्म, संस्कार र संस्कृतिको संरक्षणमा विशेष जोड दिएका छन्। कमलाखोंज क्षेत्रमा लोपोन्मुख अवस्थामा पुगेको सङ्गिनी गीत संरक्षण गर्दै आमा तथा चेलीबेटी समूहलाई सक्रिय बनाइएको छ। अल्पसंख्यक तामाङ समुदायको धर्म–संस्कार जोगाउन गुम्बा व्यवस्थापन र बुद्ध मूर्ति स्थापना गरिएको छ। साथै, हिन्दु परम्पराअनुसार विभिन्न मन्दिरमा शिव मूर्ति स्थापना, मठमन्दिरको रंगरोगन र ट्रष्ट निर्माण, दनुवार समुदायका लागि महत्वपूर्ण दिवारी थान मन्दिर निर्माण कार्य सम्पन्न गरिएको छ।
टोल सुधार समिति सशक्तीकरण
वडाभित्रका टोल सुधार समितिलाई सक्रिय र व्यवस्थित बनाउन नियमित रिफ्रेस तालिम, आन्तरिक अनुगमन तथा नमुना टोल सुधार समितिको भ्रमण अवलोकन गरिँदै आएको छ। यससँगै वडा नम्बर ४ लाई बालमैत्री वडा घोषणा गर्ने अन्तिम तयारी पनि भइरहेको छ।
सार्वजनिक सुनुवाइ र पारदर्शिता
दुधौली नगरपालिकाका १४ वटा वडामध्ये वडा नम्बर ४ ले मात्र प्रत्येक वर्षको अन्त्यमा वडा स्तरीय सार्वजनिक सुनुवाइ गर्दै आएको छ। यसमार्फत वडाभित्र सञ्चालन भएका सम्पूर्ण योजनाबारे सार्वजनिक जानकारी दिँदै जनताको राय, सुझाव र प्रतिक्रिया संकलन गरिन्छ, जसले पारदर्शिता र उत्तरदायित्वलाई मजबुत बनाएको छ।
कान्छो उमेरमै नेतृत्व सम्हालेका वडा अध्यक्ष रित बहादुर विस्वकर्मा विकास, पारदर्शिता र समावेशीताको प्रतीक बन्नु भएको छ । जनताको आवश्यकता बुझेर योजनाबद्ध ढंगले अघि बढिरहेको वडा नम्बर ४ आज दुधौली नगरपालिकामै अनुकरणीय वडाका रूपमा स्थापित हुँदै गएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

सिन्धुलीको दुधौलीमा चट्याङ लागेर वृद्धको मृत्यु

By Dudhauli FM
Uncategorized

दुधौलीमा भालुको आक्रमण, वृद्ध घाइते, काठमाडौं रिफर

By Dudhauli FM
Uncategorized

नेपाल तरुण दल दुधौलीको वडा अधिवेशन सुरु, वडा नं. ५ र १० मा सम्पन्न

By Dudhauli FM
Uncategorized

दशैंको पहिलो दिन घटस्थापना, दुधौली–९ को दुर्गा मन्दिरमा जमरा राखियो

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?