By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > फिक्कल गाउँपालिका–६ रत्नावतीमा सार्वजनिक सुनुवाई सम्पन्न

फिक्कल गाउँपालिका–६ रत्नावतीमा सार्वजनिक सुनुवाई सम्पन्न

Dudhauli FM
Last updated: चैत्र २८, २०८१
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

नागरिकका चासो र प्रश्नको प्रत्यक्ष जवाफमा स्थानीय तह सक्रिय

प्रतिमा दियाली

सिन्धुली — फिक्कल गाउँपालिका–६ रत्नावतीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। वडाध्यक्ष कुलेन्द्र बहादुर मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय नागरिक, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाबीच वस्तु तथा सेवाको गुणस्तर, सेवा प्रवाह र योजना कार्यान्वयनबारे प्रत्यक्ष सवाल–जवाफ भएको हो।

आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिक अवधिमा वडा र गाउँपालिकाबाट प्रवाह भएका सेवाहरूका सम्बन्धमा सहभागीहरूले पाईप वितरण, सडक निर्माण, स्वास्थ्य, शिक्षा र कृषि लगायतका विषयमा प्रश्न उठाएका थिए। नागरिकहरूले पाइप वितरणमा पारदर्शिता नदेखिएको र सेवामा पहुँच नपुगेको गुनासो राखेका थिए।

प्रश्नको जवाफ दिंदै वडाध्यक्ष मगरले पाइप मागअनुसार वितरण गरिएको र सडक विस्तारका लागि छुट्याइएको बजेट अनुसार काम भइरहेको जानकारी दिए। त्यस्तै, उनले भौगोलिक विकटताका कारण केही स्थानमा सेवा पुग्न कठिन भएपनि आगामी दिनमा ती क्षेत्रहरूमा विशेष प्राथमिकताका साथ कार्यक्रम पुर्‍याइने बताए।

स्वास्थ्य तथा शिक्षाका विषयमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित शाखाका प्रमुखहरूले दिएका थिए। वडाका सचिव मोहन सुनुवारले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट, योजना, सेवा प्रवाह र राजस्व संकलनका अवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गरे।

कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष धन बहादुर कार्की, कार्यपालिका सदस्यहरू, नेकपा (एमाले) गाउँपालिका अध्यक्ष, नेकपा (एमाले) वडा नं. ६ अध्यक्ष रोशन कुमार भण्डारी, नेपाली कांग्रेस वडा नं. ६ सभापति चन्द्र बहादुर पाख्रिन, नेकपा (माओवादी केन्द्र) गाउँपालिका सचिव देवेन्द्र कुमार पाख्रिन लगायत विभिन्न संघसंस्था र राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारण नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो।

सार्वजनिक सुनुवाई कार्यक्रमले जनताको आवाज सुन्ने र उत्तरदायिता सुनिश्चित गर्ने लोकतान्त्रिक अभ्यासमा योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Banking Options and Limits at Greatslots Casino: A Complete Guide

By Dudhauli FM
Uncategorized

सिन्धुलीको दुधौलीमा आमाको हत्या, छोरा पक्राउ

By Dudhauli FM
Uncategorized

शिक्षादेखि पुलसम्मको लापरबाहीप्रति दुधौली नगरपालिकामाथि नेकपाको ध्यानाकर्षण

By Dudhauli FM

शववाहन सेवा सम्बन्धी विषयमा दुधौली नगरपालिकाको आत्मआलोचना सहित स्पष्टिकरण

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?