By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > शिक्षादेखि पुलसम्मको लापरबाहीप्रति दुधौली नगरपालिकामाथि नेकपाको ध्यानाकर्षण

शिक्षादेखि पुलसम्मको लापरबाहीप्रति दुधौली नगरपालिकामाथि नेकपाको ध्यानाकर्षण

Dudhauli FM
Last updated: पुस २, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफएम सम्बाददाता
दुधौली / दुधौली नगरपालिकामा हालै देखिएका शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधारसम्बन्धी गम्भीर समस्या तथा विवादप्रति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दुधौली नगरसमितिले गम्भीर ध्यानाकर्षण गराएको छ ।

दुधौली नगरपालिकालाई नेकपा दुधौली नगरसमितिले बुझाएको ध्यानाकर्षण पत्रमा मितिगत मंसिर २८ गते सञ्चालन गरिएको शिक्षक छनोट परीक्षाको प्रश्नपत्र परीक्षा सुरु हुनु अघि नै उत्तरसहित सार्वजनिक भएको घटनालाई गम्भीर लापरबाहीको संज्ञा दिँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन बमोजिम कडा कारबाही गर्न माग गरिएको छ। पार्टीले शिक्षक छनोट जस्तो संवेदनशील विषयमा गोपनीयता र निष्पक्षता कायम हुन नसक्दा सामुदायिक विद्यालय र नगरपालिकाप्रति जनविश्वास कमजोर भएको उल्लेख गरेको छ।

यस्तै, दुधौली नगरपालिका कृषक बाहुल्य क्षेत्र भएको र यस वर्ष धान भित्र्याउने समयमा परेको अविरल वर्षाका कारण कृषकहरूले ठूलो क्षति व्यहोर्नु परेको भन्दै क्षतिग्रस्त किसानहरूलाई यथोचित राहत उपलब्ध गराउन पार्टीले नगरपालिकालाई ध्यानाकर्षण गराएको छ।

जनस्वास्थ्यतर्फ दुधौली नगर अस्पताल सिर्थौलीबारे विभिन्न विवाद सार्वजनिक भएपछि गठन गरिएको छानबिन समितिले ढिलाइ नगरी छिटो सत्यतथ्य छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न र नियमित स्वास्थ्य सेवा तत्काल सुचारु गर्न पनि नेकपाले माग गरेको छ।

यसैगरी, सिन्धुली–जिनाखु–अरुणकुमार–कटारी सडकखण्ड अन्तर्गत जिनाखु खोलामा निर्माणाधीन पुलको विषयमा देखिएको लापरबाहीप्रति पनि पार्टीले आपत्ति जनाएको छ। उक्त पुल सिन्धुली–दुधौली–कटारी जोड्ने महत्वपूर्ण संरचना भएकाले निर्माण कार्यमा संलग्न ठेकेदार, प्राविधिक तथा अनुगमनकर्ताको जिम्मेवारी निर्धारण गरी दोषीमाथि कारबाही गर्न पार्टीले जोडदार माग गरेको छ।

नेकपा दुधौली नगरसमितिले स्थानीय सरकारलाई जनताको शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारप्रति जिम्मेवार बन्न आग्रह गर्दै यथाशीघ्र समस्या समाधान नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्न सकिने चेतावनीसमेत दिएको छ । ध्यानाकर्षण पत्रको हस्तान्तरण पश्चात नगरका कार्यबाहक नगरप्रमुखले नेकपाले उठाएको बिषय प्रति पालिका गम्भिर रहेको र यस सम्बन्धि यथाशिघ्र सम्बोधन हुनेमा प्रतिबद्धता जनाउनु भएको छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

दुधौली नगर अस्पताल सिथौलीमा सेवाग्राही घट्दै, व्यवस्थापन र सेवाप्रति गम्भीर प्रश्न

By Dudhauli FM

Le principali innovazioni tecnologiche implementate in Monopoly Live e il loro impatto

By Dudhauli FM

Elevating Responsible Gambling: Innovations and Strategies in the Digital Age

By Dudhauli FM
Uncategorized

सिन्धुलीका सामुदायिक विद्यालयमा अलिसान भवन, विजुलीको विल तिर्नै समस्या

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?