By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized >

Dudhauli FM
Last updated: जेष्ठ २८, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

सिन्धुलीको दुधौलीमा सवारी दुर्घटना ४ घाईते, एक जनाको अवस्था गन्भिर

गुनामाया मगर

सिन्धुली, २०८२ जेठ २८ – सिन्धुली जिल्लाको दुधौली नगरपालिका–३ स्थित कमला पुल नजिकै आज बिहान करिब ७:०० बजे भएको सवारी दुर्घटनामा चार जना घाइते भएका छन् । मदन भण्डारी राजमार्गमा भिमानबाट डकाहा तर्फ जाँदै गरेको ना ८ ख ७७३९ नम्बरको टिपरले घाँस काट्न हिँडेका पैदल यात्रीहरूलाई ठक्कर दिएको छ । त्यसपछि सोही टिपरले विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०१–०२२ च ८२८२ नम्बरको कारलाई समेत ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीए जनाएको छ ।

दुर्घटनामा सिन्धुली दुधौली नपा–३ झुङ्गा निवासी करिब ४५ वर्षीय कृष्ण बहादुर कटुवाल गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा उनी रहेको जनाइएको छ । त्यस्तै, पैदलयात्री मिनमाया कटुवालको टाउको, छाती र बायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।

कार चालक मोरङ, विराटनगर–३ निवासी करिब ४५ वर्षीय प्रमोद रेग्मीको दायाँ गाला र छातीमा चोट लागेको छ भने कारमै सवार तुलसा निरौलाको टाउको, छाती र ढाडमा चोट लागेको जनाइएको छ । दुबैको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरी स्रोतले जनाएको छ ।

घाइतेहरूलाई तत्कालै उपचारका लागि जनसेवा अस्पताल बर्दिवास पठाइएको छ । दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सिमोन धितालको कमाण्डमा र हत्पते प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक शंकर कटुवाल सहितको टोली घटनास्थल पुगेको थियो । टोलीले टिपरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय डकाहा ल्याइरहेको छ भने कार निकाल्ने कार्य भइरहेको बताइएको छ । दुर्घटनापछि टिपर चालक फरार भएको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

(रास्वपा) सभापति रविलाई धरौटीमा थुनामुक्त गर्न अदालतको आदेश

By Dudhauli FM

Les secrets de la complexité algorithmique derrière Fish Road

By Dudhauli FM

Best Poker Games at Milkywins Casino

By Dudhauli FM
Uncategorized

राजावादी आन्दोलन नियोजित : अध्यक्ष प्रचण्ड

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?