By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली नगर अस्पतालमा शल्यक्रिया सेवा सुरु, सर्पदंश उपचार पनि प्रभावकारी सेवा

दुधौली नगर अस्पतालमा शल्यक्रिया सेवा सुरु, सर्पदंश उपचार पनि प्रभावकारी सेवा

Dudhauli FM
Last updated: असार १, २०८३
By Dudhauli FM
Uncategorized
Share
3 Min Read
SHARE

दुधौली एफ.एम. सम्बाददाता

सिन्धुली/ दुधौली नगरपालिका–५ सिर्थौलीस्थित दुधौली नगर अस्पतालले सर्पदंश जस्तो जटिल स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन गरिरहेकै अवस्थामा अब माइनर शल्यक्रिया (Minor Surgery) सेवा समेत सुरु गरेको छ। यससँगै कमलाखोच क्षेत्र तथा आसपासका स्थानीय बासिन्दाले सामान्य शल्यक्रियाका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुने अपेक्षा गरिएको छ।

केही वर्षअघि यस क्षेत्रका सेवाग्राहीहरूको विश्वास जित्न सफल भएको नगर अस्पताल आन्तरिक व्यवस्थापन तथा आर्थिक–प्रशासनिक चुनौतीका कारण केही समय कमजोर अवस्थामा पुगेको थियो। पछिल्लो समय भने अस्पतालले पुनः सेवा विस्तार र गुणस्तर सुधारतर्फ उल्लेखनीय प्रगति गरिरहेको स्थानीयवासीहरूको भनाइ छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा दुधौली नगरपालिकाका प्रवक्ता दीपक खड्काका अनुसार अस्पतालको सेवा सुधार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने क्रममा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन पराजुलीको नेतृत्वले महत्वपूर्ण भूमिका खेलेको छ। उहाँको नेतृत्वमा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, व्यवस्थापन सुधार तथा नयाँ सेवाहरू विस्तार गर्ने कार्य निरन्तर भइरहेको छ।

माइनर शल्यक्रिया सेवा सुरु भएसँगै सेवा प्राप्त गर्ने दोस्रो व्यक्ति दुधौली नगरपालिका–१० निवासी पदमबहादुर खड्का हुनुहुन्छ। उहाँको हाइड्रोसिल (Hydrocele) को सफल शल्यक्रिया अस्पतालमै सम्पन्न गरिएको थियो। शल्यक्रियापछि उहाँ अस्पतालबाट डिस्चार्ज भई घरमै नियमित ड्रेसिङ गराउँदै स्वास्थ्य लाभ गरिरहनुभएको मेसु डा. पराजुलीले जानकारी दिनुभयो।

यसअघि पनि डा. पराजुलीकै नेतृत्वमा दुधौलीका एक पुरुषको सर्कमसिजन (Circumcision) शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको थियो। अस्पतालमा शल्यक्रिया सेवा विस्तार भएसँगै स्थानीय नागरिकले आफ्नै क्षेत्रमा सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न थालेका छन्।

अस्पतालले शल्यक्रिया सेवा मात्र होइन, सर्पदंश उपचारमा समेत प्रभावकारी सेवा प्रदान गरिरहेको छ। अस्पतालका अनुसार जेठ महिनामा मात्रै ३२ वटा सर्पदंशका घटना दर्ता भएका छन्। यसैगरी वैशाख महिनादेखि हालसम्म कुल ४० वटा सर्पदंशका बिरामीले सेवा लिएका छन्। तीमध्ये ६ वटा विषालु सर्पको टोकाइका घटना रहेका छन् भने ३४ वटा अविषालु सर्पदंशका घटना रहेका छन्। विषालु सर्पले टोकेका ६ जना बिरामीलाई एन्टी–भेनम (Anti-venom) उपचार प्रदान गरिएको अस्पतालले जनाएको छ।

सर्पदंश उपचार र माइनर शल्यक्रिया जस्ता सेवाहरू स्थानीय स्तरमै उपलब्ध हुन थालेपछि ग्रामीण भेगका नागरिकको समय, श्रम तथा आर्थिक खर्चमा उल्लेखनीय बचत हुने विश्वास गरिएको छ। स्थानीयवासीहरूले अस्पतालमा थप विशेषज्ञ सेवा, आवश्यक उपकरण र दक्ष जनशक्तिको व्यवस्थापन गरी सेवा अझ विस्तार गर्न आग्रह गरेका छन्।

स्थानीय तहबाट सञ्चालित स्वास्थ्य संस्थाले पनि गुणस्तरीय र प्रभावकारी सेवा दिन सक्ने उदाहरणका रूपमा दुधौली नगर अस्पताल अघि बढिरहेको भन्दै स्थानीयहरूले यसको निरन्तर सुधार र सुदृढीकरणको अपेक्षा गरेका छन्।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Il Jaywalking in Italia: rischi, sanzioni e come rispettare i passaggi pedonali

By Dudhauli FM
Uncategorized

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम दुधौलीमा प्रभावकारी हुन नसकेको गुनासो

By Dudhauli FM
Uncategorized

घरेलु टिमलाई हराउँदै दुधौली क्रिकेट कपको उपाधि सिन्धुली क्रिकेट क्लबले उचालेका छन ।

By Dudhauli FM
Uncategorized

अर्पण गरिवि निवारणद्वारा १८५ घण्टे एड्भान्स ब्युटिसियन तालिम सम्पन्न

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?