By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली ६ हर्साहीको पसलमा म्याद गुज्रिएका अखाद्य वस्तु बरामद, २५ हजार रुपैयाँ जरिवाना

दुधौली ६ हर्साहीको पसलमा म्याद गुज्रिएका अखाद्य वस्तु बरामद, २५ हजार रुपैयाँ जरिवाना

Dudhauli FM
Last updated: जेष्ठ १६, २०८३
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. सम्बाददाता

दुधौली, सिन्धुली । दुधौली नगरपालिका–६ हर्साहीस्थित एक किराना पसलमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य वस्तु फेला परेपछि २५ हजार रुपैयाँ जरिवाना गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीको नेतृत्वमा गरिएको संयुक्त अनुगमनका क्रममा हर्साहीस्थित प्रदिप किराना एण्ड कस्मेटिकबाट करिब १२ हजार ७५ रुपैयाँ बराबरका म्याद गुज्रिएका तथा उपभोगका लागि अयोग्य खाद्य सामग्री बरामद गरिएको हो।

अनुगमन टोलीका अनुसार पसलमा ठूलो मात्रामा म्याद नाघेका तथा गुणस्तरहीन सामग्री बिक्रीका लागि राखिएको अवस्थामा भेटिएको थियो। बरामद गरिएका सामग्रीमा बदाम इनर्जी ड्रिंक (२०० एमएल) का ४१ क्यान, बियर (५०० एमएल) का १२ वटा, जिराका ९ प्याकेट, करिब ४ केजी सडेको सुख्खा नरिवल, २५० ग्रामका ६ प्याकेट पापड, डेरी मिल्क चकलेटका ६ प्याकेट, प्रशोधित पिउने पानीका ६ कार्टुन, चिउराका १० प्याकेट, १०० ग्रामका ६ प्याकेट सौंफ, ५०० एमएलका २ बोतल जुस, ५० ग्रामका ५ प्याकेट मिट मसला, ट्विस्ट बिस्कुटका ७५ प्याकेट, मिरिण्डा र बिरेनुनका एक–एक बट्टा रहेका छन्।

अनुगमनका क्रममा अंग्रेजी मिति २०२४ डिसेम्बर २ मा उत्पादन गरिएको प्रशोधित पिउने पानीसमेत बिक्रीका लागि राखिएको पाइएको टोलीले जनाएको छ। उक्त पसलले उपभोक्ता हित विपरीत म्याद गुज्रिएका तथा अखाद्य वस्तु बिक्रीका लागि राखेको पाइएपछि सम्बन्धित कानुनी व्यवस्था अनुसार २५ हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका शाखा अधिकृत प्रवीण कटुवालको संयोजकत्वमा भएको अनुगमनमा उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख टेकेन्द्र बहादुर थापा मगर, इलाका प्रशासन कार्यालय डकाहाका प्रमुख सपना खड्का, दुधौली नगरपालिकाका प्रतिनिधि तथा वडा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बरामद गरिएका सम्पूर्ण अखाद्य तथा म्याद गुज्रिएका सामग्री अनुगमन टोलीको रोहवरमा तत्काल नष्ट गरिएको जनाइएको छ। अनुगमन टोलीले व्यवसायीहरूलाई म्याद गुज्रिएका वस्तु बिक्री नगर्न तथा उपभोक्तालाई खरिद गर्दा उत्पादन र उपभोग मिति अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

दुधौली नगर अस्पताल आन्तरिक किचलोले संकटमा, सेवा प्रदाय धरासायी हुँदै

By Dudhauli FM
Uncategorized

दुधौलीमा वन अतिक्रमणविरुद्ध अभियान सुरु, अवैध टहरा र संरचना हटाइँदै

By Dudhauli FM

Mostbet Casino-da Live Casino ilə Slotlar Arasında Ən Yaxşı Seçim Yolları

By Dudhauli FM

Video Poker Strategies and Tips for Success

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?