By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > ११औं महाधिवेशनबाट विजयी नेतृत्वलाई ईश्वर पोखरेलको बधाइ तथा शुभकामना

११औं महाधिवेशनबाट विजयी नेतृत्वलाई ईश्वर पोखरेलको बधाइ तथा शुभकामना

Dudhauli FM
Last updated: पुस ३, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE


दुधौली एफएम सम्बाददाता
काठमाडौं / नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारी, केन्द्रीय कमिटी तथा केन्द्रीय निकायका सदस्यहरूलाई नेता ईश्वर पोखरेलले बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

महाधिवेशन सम्पन्न भएपछि जारी गर्नुभएको बधाइ तथा धन्यवाद सन्देशमार्फत नेता पोखरेलले महाधिवेशन सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण प्रतिनिधि तथा मतदाता कमरेडहरूप्रति आभार व्यक्त गर्नुभएको हो। अध्यक्ष पदको प्रतिस्पर्धामा आफू विजयी बन्न नसके पनि आफ्नो उम्मेदवारीप्रति विश्वास गर्दै मत प्रदान गर्ने प्रतिनिधिहरूप्रति उहाँले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ।

नेता पोखरेलले महाधिवेशनको क्रममा उठाइएका जनताको बहुदलीय जनवादको प्रकाशमा सामूहिक नेतृत्व, विधि र पद्धतिअनुसार पार्टी सञ्चालन, नियन्त्रण र सन्तुलनको सिद्धान्तको पालन जस्ता विषयहरूले पार्टीभित्र निरन्तर बहस र छलफलको नयाँ स्तर कायम राख्ने विश्वास व्यक्त गर्नुभएको छ।

आफू निर्वाचित नहुँदा पनि देशभक्तिपूर्ण, लोकतान्त्रिक तथा समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता निरन्तर रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ। साथै, नव–निर्वाचित नेतृत्वले पार्टीको कार्यकाल सफलतापूर्वक सम्पन्न गरोस् भन्ने कामनासमेत उहाँले गर्नुभएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

एकपछि अर्को विवादमा मावि सिर्थौलीका प्रधानाध्यापक गौतम

By Dudhauli FM

Нужен доступ? Используйте 1xbet зеркало сайта для входа на официальный сайт

By Dudhauli FM
Uncategorized

खडानन्द पद्मकुमारी शिक्षा पुरस्कार वितरण कार्यक्रम सम्पन्न, उत्कृष्ट विद्यार्थी र गजलकार सम्मानित

By Dudhauli FM

Implementare il Controllo Qualità Semantico Avanzato nei Testi Tradotti in Italiano: Un Processo Step-by-Step per Garantire Precisione e Coerenza

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?