By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > एकपछि अर्को विवादमा मावि सिर्थौलीका प्रधानाध्यापक गौतम

एकपछि अर्को विवादमा मावि सिर्थौलीका प्रधानाध्यापक गौतम

Dudhauli FM
Last updated: पुस २८, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफएम सम्वाददाता

सिन्धुली / दुधौली नगरपालिका–५ स्थित माध्यमिक विद्यालय सिर्थौलीका प्रधानाध्यापक रमेश गौतम एकपछि अर्को विवादमा तानिनु भएको छ। पछिल्लो पटक नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पार्टीको झोला बोकेर सहभागी भएको तस्बिर सार्वजनिक भएपछि उहाँ पुनः विवादमा पर्नु भएको हो।

सार्वजनिक तस्बिरअनुसार प्रधानाध्यापक गौतम नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सिन्धुली क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधिका रूपमा काठमाडौं पुगेका छन्। यसअघि दुधौली नगरपालिका शिक्षा शाखाले शिक्षक पदपूर्तिका लागि सञ्चालन गरेको परीक्षामा प्रश्नपत्र बाहिरिएको आरोपमा पनि उहाँ विवादमा पर्नु भएको थियो।शिक्षक महासंघ दुधौली नगरको अध्यक्ष समेत रहनु भएको गौतम उक्त परिक्षा समितिको विज्ञको रुपमा रहनु भएको थियो ।

शिक्षा ऐन, २०२८ को दफा १६ ङ (५) (छ) अनुसार शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य भएको पाइएमा पदबाट हटाउन सकिने कानुनी व्यवस्था छ। साथै राजनीतिक दलसम्बन्धी ऐनले पनि सरकारी शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्य हुन नपाउने स्पष्ट व्यवस्था गरेको छ।

तर यी कानुनबीचको विरोधाभाषको गलत फाइदा उठाउँदै कतिपय शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिने र सक्रिय राजनीतिक गतिविधिमा संलग्न हुने गरेको देखिन्छ। दलहरूले समेत शिक्षकलाई सदस्यता दिने प्रवृत्ति बढ्दो छ। ऐनले विद्यालयका शिक्षकहरूलाई राजनीतिक पद तथा गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाए पनि शिक्षकहरू खुलेआम दलका कार्यकर्ता वा महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुँदा कानुन नै अप्रासंगिक बनेको भन्दै आलोचना हुन थालेको छ।

प्रधानाध्यापक जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको यस प्रकारको राजनीतिक संलग्नताले शैक्षिक क्षेत्रको निष्पक्षता र मर्यादामाथि प्रश्न उठाएको स्थानीयवासी तथा सरोकारवालाहरूको भनाइ छ।


Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Pirots 4: Wie Risiko und Belohnung das Spiel prägen

By Dudhauli FM
Uncategorized

दुधौली नगरपालिकामा टोल सुधार संस्थाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

By Dudhauli FM

Den ökande populariteten av vikingainspirerade slotspel: En djupdykning

By Dudhauli FM
Uncategorized

दुधौली नगरपालिका–४ मा आजदेखि वडा कप प्रतियोगिता २०८३ सुरु

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?