दुधौली एफ.एम. सम्बाददाता
दुधौली, जेठ १८ – धादिङबेसीमा सम्पन्न तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनबाट धादिङका तुल बहादुर गुरुङ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। त्यसैगरी सिन्धुपाल्चोकका राजाराम गुरुङ वरिष्ठ उपाध्यक्ष, काठमाडौंकी शारदा गुरुङ महिला उपाध्यक्ष तथा चितवनका किशोर गुरुङ उपाध्यक्षमा निर्वाचित हुनुभएको छ।
नयाँ कार्यसमितिको सचिवमा ललितपुरकी डा. लिना गुरुङ, संगठन सचिवमा मकवानपुरका बल बहादुर गुरुङ, प्रचार सचिवमा सिन्धुपाल्चोककी पवित्रा गुरुङ तथा कोषाध्यक्षमा नुवाकोटका उद्धव कुमार गुरुङ निर्वाचित हुनुभएको छ। सदस्यहरूमा चितवनका धनसिंह गुरुङ र धादिङकी कल्पना गुरुङ चयन हुनुभएको छ।

अधिवेशनले गुरुङ समुदायको भाषा, संस्कृति, परम्परा तथा पहिचान संरक्षण र प्रवर्द्धनका लागि संगठनलाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। नवनिर्वाचित पदाधिकारीहरूले समुदायको हकहित, सामाजिक एकता तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
यसैबीच विभिन्न जिल्ला तथा क्षेत्रबाट सहभागी प्रतिनिधिहरूले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नवगठित कार्यसमितिले बागमती प्रदेशभर रहेका गुरुङ समुदायलाई संगठित गर्दै समुदायको विकास र उत्थानका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने विश्वास व्यक्त गरिएको छ।
तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको नयाँ नेतृत्वलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
