By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीको मुख्य बजार हनुमान मन्दिर परिसरमा पुरुषको शव फेला

दुधौलीको मुख्य बजार हनुमान मन्दिर परिसरमा पुरुषको शव फेला

Dudhauli FM
Last updated: जेष्ठ २७, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफ.एम. सम्वाददाता

दुधौली, सिन्धुली – २०८२ जेठ २७
सिन्धुलीको दुधौली नगरपालिका–९ स्थित हनुमान मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृतक ६४ वर्षीय किसुन कुमर रहेको पुष्टि भएको छ।

शव आज दिउँसो करिब १२ बजेतिर फेला परेको हो। स्थानीयवासीले अपराह्न १२: बजे टेलिफोनमार्फत प्रहरी चौकी दुधौलीमा खबर गरेपछि प्रहरी सहायक निरीक्षक तेज नारायण धुरझारको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो। टोलीले घटनास्थललाई सुरक्षित राखी आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरेको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सिमोन धितालको नेतृत्वमा अर्को टोली पनि घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा मृतक किसुन कुमर मानसिक सन्तुलनमा नरहेको र मिति २०८२ साल जेठ १८ गतेदेखि घरबाट सम्पर्कविहीन रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

हाल शव पोस्टमार्टमका लागि नगर अस्पताल सिर्थौली लगिएको प्रहरीको भनाइ छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Vavada Casino

By Dudhauli FM
Uncategorized

तरुण दल दुधौलीद्वारा प्रथम नगरस्तरीय हाजिरी–जवाफ प्रतियोगिता सम्पन्न

By Dudhauli FM
Uncategorized

दुधौली–कर्था कोगटी सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित

By Dudhauli FM
Uncategorized

अस्पताललाई सुरक्षित र भयमुक्त बनाउन सर्वपक्षीय आग्रह, तस्विर

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?