By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > अस्पताललाई सुरक्षित र भयमुक्त बनाउन सर्वपक्षीय आग्रह, तस्विर

अस्पताललाई सुरक्षित र भयमुक्त बनाउन सर्वपक्षीय आग्रह, तस्विर

Dudhauli FM
Last updated: भदौ ३१, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE


दुधौली एफ. एम. सम्बाददाता
सिन्धुली / दुधौली नगर अस्पताल सिर्थौलीलाई सुरक्षित, भयमुक्त र शान्तिपूर्ण बनाउने विषयमा सर्वपक्षीय छलफल सम्पन्न भएको छ । सोमबार अस्पतालको सभाहलमा बसेको छलफलमा सहभागी सरोकारवालाहरुले अस्पताललाई संवेदनशील क्षेत्रका रूपमा हेरिंदै त्यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई त्रसित नबनाउन आग्रह गरेका हुन् । कार्यक्रममा सहभागिहरुका अनुसार अस्पतालमा कसैले पनि अनावस्यक आतंक मचाउने प्रयास गरेमा सजायको भागेदार बन्नु पर्ने बताएका छन् ।


अस्पतालले पछिल्ला वर्षहरूमा सर्पदंश, प्रसूति, मनोचिकित्सा तथा दुर्घटना उपचारसहितका सेवामा उल्लेखनीय सुधार ल्याएको भन्दै सहभागीहरूले दुधौलीवासीको स्वास्थ्यस्तरमा सकारात्मक परिवर्तन आएको बताएका थिए । कुनै समय स्वास्थ्य क्षेत्रमै पछाडि परेको कमलाखोज क्षेत्रमा देखिएको यो सुधारले जनतामा आशा जगाएको भन्दै सबै पक्षले अस्पताललाई सुरक्षित र भयमुक्त बनाउन साझा जिम्मेवारीका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।


छलफल दुधौली नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्द्रकिशोर थारुको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, नगर कार्यपालिका सदस्यहरू, वडाअध्यक्षहरू, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादीका अध्यक्ष संगै विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिका साथै जनप्रतिनिधिहरूको समेत उपस्थिति थियो ।


हालै केही सेवाग्राहीबाट आएको धम्की र त्रासपूर्ण अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै चिकित्सक र स्वास्थ्यकर्मीहरूले गुनासो गरेपछि सो छलफल बोलाइएको नगरपालिकाले जनाएको छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Implementazione pratica del protocollo di validazione ISO 17025: tracciabilità assoluta dei campioni nei laboratori italiani – guida operativa avanzata

By Dudhauli FM

Online slot games have become a cornerstone of the contemporary gambling landscape, particularly wit

By Dudhauli FM
Uncategorized

दुधौली नगरपालिकामा अख्तियारको छापा, विभिन्न कागजात बरामद

By Dudhauli FM
Uncategorized

दुधौलीका स्थानीयवासीबाट इलाका प्रहरी सवारी साधन मर्मतमा सहयोग

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?