दुधौलीका स्थानीयवासीबाट इलाका प्रहरी सवारी साधन मर्मतमा सहयोग
प्रहरी प्रशासनलाई सहयोग जुटाउन दुधौलीका युवाहरू सक्रिय
दुधौली एफ.एम. सम्बाददाता
दुधौली, सिन्धुली — प्रहरी प्रशासन राष्ट्र, समाज र नागरिकको सुरक्षा र शान्ति–सुव्यवस्था कायम राख्ने संवैधानिक निकाय हो । जनताको सुरक्षाको जिम्मा लिएको प्रहरीकै सवारी साधन लामो समयदेखि मर्मत अभावमा नचल्दा समस्या आइपरेको थियो। यस्तो अवस्थामा दुधौलीका सचेत युवा, व्यवसायी तथा समाजसेवीहरूले स्वस्फूर्त रूपमा सहयोग जुटाई प्रहरीलाई ठूलो राहत दिएका छन् ।
समस्या :- असुरक्षित अवस्थामा प्रहरी सवारी

इलाका प्रहरी कार्यालय, डकाहामा प्रयोग हुने पुरानो सवारी साधन लामो समयदेखि बिग्रिएर ग्यारेजमा थन्किएको थियो। जनताको सुरक्षा सुनिश्चित गर्न २४ घण्टा तयारी अवस्थामा रहनुपर्ने प्रहरी प्रशासनकै सवारी साधन बिग्रँदा सुरक्षामा नै चुनौती थपिएको थियो।
यस्तो अवस्थामा प्रहरी प्रशासन असुरक्षित देखिएको र आवश्यक समयमा नागरिकलाई सेवा दिन असजिलो भएको स्थानीयले बताएका छन्।

सहयोगको पहल :- युवाको सक्रियता
यस गम्भीर अवस्थालाई मध्यनजर गर्दै दुधौली बजारका युवा व्यवसायी तथा समाजसेवी सुमिरण श्रेष्ठले स्थानीय व्यवसायी र सचेत नागरिकसँग सहयोग संकलन अभियान सुरु गर्नुभयो। उहाँको सक्रियतामा विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग गरेका छन्।
प्रहरी सवारी साधन मर्मतमा जम्मा भएको रु. १ लाख २७ हजार ३६५ मध्ये पहिलो चरणमा रु. ६० हजार संकलन गरी ग्यारेजमा बुझाइएको श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार बाँकी करिब रु. ७० हजार संकलन गर्न अझै पहल जारी छ।
सहयोग गर्नेहरूको नामावली
सहयोग रकम संकलनमा दुधौली बजारका व्यवसायी तथा नागरिकको उल्लेखनीय योगदान रहेको छ।
पुरुषेत्तम बिश्वकर्मा (दुधौली) — ७,०००
सुमिरण श्रेष्ठ — ४,५००
मुकेश साह — २,५००
कुन्दन बिश्वकर्मा — २,५००
प्रसान्त बिश्वकर्मा — २,५००
सागर बिश्वकर्मा — २,५००
बुद्ध नाथ श्रेष्ठ — २,५००
राम दुलाल साह — ३,०००
रामपुकार पूर्बे — ३,०००
राजदेबि ट्रेडर्स — २,०००
क्रसर तल — १०,०००
क्रसर माथी — १०,०००
बलदेव अधिकारी — ५,०००
बिक्रम — २,०००
रोहित कुमार गुरुङ — १,०००
कुल संकलित रकम — रु. ६०,०००
यससँगै बाँकी रकम संकलनका लागि दुधौलीका सचेत नागरिकहरूलाई सहयोग गर्न आग्रह गरिएको छ।
व्यक्तिगत सहयोग :- निजी भ्यान प्रहरीलाई उपलब्ध
सवारी साधन नहुँदा प्रहरी प्रशासनलाई गम्भीर चुनौती खेप्नुपरेको अवस्थामा अभियानकर्ता सुमिरण श्रेष्ठले आफ्नै निजी भ्यान करिब एक महिनादेखि इलाका प्रहरी कार्यालयलाई उपलब्ध गराई सहयोग गर्दै आउनुभएको छ ।
स्थानीयको भनाइ :- प्रहरीलाई सहयोग गर्नु नागरिकको कर्तव्य
“हामीलाई दिनरात नभनी सुरक्षा प्रदान गर्ने प्रहरीकै सवारी साधनमा समस्या आयो भने हाम्रो सुरक्षा कसरी सुनिश्चित हुन्छ भन्ने प्रश्नले मन पोल्यो। त्यसैले केही गर्न सकिन्छ कि भनेर लागी परेको हुँ,” — सुमिरण श्रेष्ठ, समाजसेवी।अन्य व्यवसायीहरूले पनि प्रहरी प्रशासनलाई मजबुत बनाउन सक्दो योगदान गर्नुपर्नेमा जोड दिएका छन्।