दुधौली एफएम सम्बाददाता
दुधौली, सिन्धुली —आज मंसिर २४ गते सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा न्यू शिवशक्ति यूवा क्लव दुधौलि, सिन्धुलीले Gunny FC लाई पेनाल्टी सुटआउटमा ५–४ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
निर्धारित समयको खेल दुवै टिमबीच उतार–चढावपूर्ण रह्यो। खेलको नियमित ९० मिनेटमा दुवैले १–१ गोल गर्दै बराबरीमा रोकेपछि निर्णायक नतिजा पेनाल्टीबाट तय गरिएको थियो।
पेनाल्टी सुटआउटमा न्यू शिवशक्ति यूवा क्लवका खेलाडीहरूले प्रशंसनीय प्रदर्शन गरे। गोलरक्षकको महत्वपूर्ण बचाउ र खेलाडीहरूको सफल प्रहारका कारण टोलीले ५–४ को नतिजा निकाल्न सफल भयो।
उक्त जितसँगै क्लबले प्रतिष्पर्धात्मक यात्रामा अर्को चरण सुरक्षित गर्दै समर्थकहरूलाई उत्साहित पारेको छ। टिमले आगामी सेमिफाइनल खेलमा अझ दमदार प्रदर्शन गर्ने लक्ष्य व्यक्त गरेको छ।
