By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > सुमो सहित बेपत्ता दिपेन्द्र केसी दुर्घटनाग्रस्त अवस्थामा फेला, चालकको मृत्यु

सुमो सहित बेपत्ता दिपेन्द्र केसी दुर्घटनाग्रस्त अवस्थामा फेला, चालकको मृत्यु

Dudhauli FM
Last updated: मंसिर १५, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफएम सम्बादाता

दुधौली / गत मंसिर १३ गते शनिवारदेखि सम्पर्क विहीन रहेका दिपेन्द्र केसी सवार सुमो गाडी उदयपुरको कटारी नगरपालिका–१४ स्थित किन्दु डाँडा पाखेमारा भीरबाट खसेको अवस्थामा फेला परेको छ। दुधौली नगरपालिकाका प्रहरी हवलदार मेख पौडेलका अनुसार घटनास्थलमा चालक केसीको शव घोप्टो अवस्थामा भेटिएको छ।

ललितपुर महालक्ष्मी–८ लुबुका दिपेन्द्र केसी काठमाडौँबाट उदयपुरको रुपाटार तर्फ जन्ती रिजर्भ लिन निस्किएका थिए। उनी सवार ना १ ज ५८१२ नम्बरको सुमो कटारी नगरपालिका–१४ को लामिडाँडा नजिकैबाट झण्डै करिव ३ सय मिटर भन्दा तल भीरमा खसेको अवस्थामा भेटिएको प्रहरीको प्रारम्भिक भनाई छ।

शनिवार राति ८:५८ बजे खुर्कोट प्रहरी बिटमा इन्ट्री गराएको गाडीको चालकसँग राति १०:५५ बजे अन्तिम पटक फोन सम्पर्क भएको थियो। त्यसपछि सम्पर्क विच्छेद भएपछि दुधौली नगर प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले खोजी कार्य सुरु गरेको थियो।

मोबाइलको लोकेशन घटना अघिसम्म घुर्मी क्षेत्रमा करिब १०० मिटरको घेरा भित्र देखिएकाले सोही क्षेत्रमा खोजी केन्द्रित गरिएको थियो। स्थानीयवासीको सहयोगमा भीरको माथिल्लो भागमा माटोको ढिस्कोमा टायर धसिएको देखिएपछि प्रहरीले तल खोज्दा सुमोका पार्ट–पुर्जा फेला पारेका थिए। त्यही आधारमा तल झरेर हेर्दा चालक दिपेन्द्र केसी मृत अवस्थामा फेला परेका हुन्। मृतक केसी दुधौली नगरपालिकाकी नगर प्रहरी सुशीला कार्कीका पति हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, भीरमा अड्किएको शवलाई निकाल्ने कार्य निरन्तर जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

By Dudhauli FM

From Chicken Road 2 to Cognitive Play: How Avian Navigation and Luck Shape Digital Challenge

By Dudhauli FM
Uncategorized

दुधौलीमा ड्रोन आतंक, स्थानियले गरे गोपनीयता हननको गुनासो

By Dudhauli FM

Tecnologie innovative nei casinò online senza registrazione: cosa aspettarsi

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?