By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीमा ड्रोन आतंक, स्थानियले गरे गोपनीयता हननको गुनासो

दुधौलीमा ड्रोन आतंक, स्थानियले गरे गोपनीयता हननको गुनासो

Dudhauli FM
Last updated: बैशाख ५, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली, सिन्धुली — पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै सिन्धुलीको दुधौलीमा ड्रोनको प्रयोग बढ्दै गएको छ। तर, यही प्रविधिको दुरुपयोग भएको भन्दै स्थानियवासी आक्रोशित बनेका छन्। अनुमतिबिनै ड्रोन उडान गर्दा मानवीय गोपनीयता हनन, संवेदनशील क्षेत्रको लोकेशन ट्रयाक जस्ता समस्या देखिन थालेको हो।दुधौली नगरपालिकाका प्रवक्ता दिपक खड्काका अनुसार, “कतिबेला ड्रोन उडाइन्छ भन्ने जानकारी हुँदैन, सामाजिक सञ्जालमा भिडियो आएपछि मात्र थाहा हुने गर्छ।” उनले अनुमतिबिना हुने यस्ता गतिविधिबाट स्थानीयमा डर सिर्जना
भएको बताए।नेपालमा ड्रोन उडान ‘मानवरहित हवाई उपकरण उडान कार्यविधि २०७५’ अनुसार नियमन गरिन्छ। यसअनुसार दुई केजीसम्मका ड्रोनलाई २०० फिट उचाइसम्म उडाउन जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयबाट अनुमति लिनुपर्छ। तर, दुधौलीमा ड्रोन प्रयोगकर्ताहरूले यस कानुनी प्रक्रिया बेवास्ता गर्दै आएको पाइन्छ।केही निश्चित अवस्थामा अनुमति बिना पनि ड्रोन उडाउन पाइन्छ। जस्तै — शैक्षिक संस्थाभित्र सम्बन्धित निकायको स्वीकृति लिएर, वा सानो (२५० ग्रामसम्म) ड्रोनलाई मनोरञ्जन प्रयोजनमा आफ्नै घर वरिपरि सीमित उचाइमा। तर, त्यस्तो अवस्थामा पनि प्रहरीलाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ।राति ड्रोन उडान पूर्णतया निषेध गरिएको छ। साथै, धार्मिक स्थल, सुरक्षा निकाय, अस्पताल, ऐतिहासिक सम्पदा क्षेत्र, विमानस्थल लगायतमा ड्रोन उडाउन पाइँदैन।अनुमति बिना ड्रोन उडाएमा प्राधिकरणले जफत गर्न सक्ने, साथै विद्युतीय कारोबार ऐनअनुसार कानुनी कारबाही गर्न सक्ने प्रावधान छ। गोपनीयता हनन वा व्यक्तिगत क्षति भए पीडितले उजुरी गर्न सक्ने व्यवस्था पनि छ।विशेषज्ञहरू भन्छन्— ड्रोन उडान गर्नुअघि कानुनी प्रक्रिया बुझ्न, आवश्यक दर्ता तथा अनुमति लिनु, बीमा गर्नु र नो–फ्लाई जोनको जानकारी लिनु अनिवार्य छ। प्रविधिको सदुपयोगबाट सुन्दर दृश्य कैद गर्न सकिन्छ, तर दुरुपयोगले कानुनी झमेलामा पर्न सकिन्छ।








Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

हेण्डस नेपालको साझेदार संस्थासँगको समिक्षा गोष्ठि सम्पन्न

By Dudhauli FM
Uncategorized

दुधौली ६ हर्साहीको पसलमा म्याद गुज्रिएका अखाद्य वस्तु बरामद, २५ हजार रुपैयाँ जरिवाना

By Dudhauli FM
Uncategorized

सिन्धुलीको दुधौलीमा चट्याङ लागेर वृद्धको मृत्यु

By Dudhauli FM

Den ökande populariteten av vikingainspirerade slotspel: En djupdykning

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?