गुणमाया मगर
दुधौली, सिन्धुली — २, असार २०८२
दुधौली नगरपालिकामा सञ्चालन भएका विभिन्न सामाजिक तथा विकास परियोजनाको समिक्षा गोष्ठि सम्पन्न भएको छ । प्लान नेपाल र हेण्डस नेपालसंगको सहकार्यमा दुधौलीमा भएको बिभिन्न परियोजनाको बिषयामा सरोकारवालाहरुसंग अन्तरकृयात्मक समिक्षा गोष्ठि गरिएको हो । दुधौली नगरपालिकाको कार्यपालिकाको सभाहलमा सम्पन्न उक्त गोष्ठिमा नगर क्षेत्रभित्र क्रियाशील साझेदार गैरसरकारी संस्थाहरुको कार्यक्रमबारे समिक्षा तथा प्रगति प्रस्तुत गरिएको थियो।

दुधौली नगरपालिकाका कार्यबाहक नगर प्रमुख चन्द्र किशोर थारुको सभा अध्यक्षतामा सम्पन्न भएको गोष्ठिमा नगरका जनप्रतिनिधिहरू, हेण्डस नेपालका अध्यक्ष बासु अधिकारी दनुवार, सम्बन्धित शाखाका पदाधिकारी कर्मचारी, सरोकारवालाहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विशेष गरी स्लास परियोजना, उज्यालो परियोजना र केभ (KEB) परियोजनाबारे समिक्षा गरिएको थियो।
कार्यक्रममा संस्थाको तर्फबाट प्रस्तुत गरीएको उपलब्धि, समस्या र यसको समाधानको बिषयमा छनलफल गरिएको थियो । कार्यक्रमको समिक्षामा आ–आफ्नो धारणा राख्ने क्रममा दुधौली नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्षले भन्नु भयो “ यो परिायोजनाले पालिकाका स्थानियहरुको सोच र व्यवहारमा धेरै नै परिवर्तन आएको छ । जस्को कारण हामी जनप्रतिनिधिहरुलार्इृ पनि अझ ससक्त र जिम्मेवार बनाएको छ ।”
परियोजनाले शिक्षामा गरेको परिबर्तन, बिद्यार्थीहरु र आभिभावकमा ल्इाएको परिवर्तनले समृद्ध दुधौलीको सुन्दर खाका तयार भएको उहाँको बुझाई रहेको बताउनु भयो ।
यसै गरी कमला माबि धनसरीका प्रधानाध्यपक कमल काफ्ले ऋषिले सहयोगी संस्थाहरुले गर्दा सहयोग गर्दा वा निगरानीम मात्रै नभई आगामी दिनहरुमा स्थानिय सरकार र सरकोकारवालाहरुले खवरदारी गर्नु पर्ने बताउनु भयाृ । हामी माज मानव जति सबै भन्दा बौद्धिक र चलाख छौ त्यति नै अबुझ अनि घमण्डि पनि , त्यसैले एकले अर्कोको सकारात्मक निगरानी गर्नु पर्नेमा जोड दिनु भयो ।

प्रमुख उपलब्धिहरू: दुई विद्यालयका कक्षा नर्सरीदेखि कक्षा ३ सम्म बालमैत्री तथा नमूना कक्षाको व्यवस्था भई सिकाइ सञ्चालन। पाँच विद्यालयमा गुनासो सुनुवाइ प्रणाली स्थापनासँगै बालबालिकाले आफ्नो समस्या सुरक्षित रूपमा व्यक्त गर्न सक्ने वातावरण निर्माण। श्री सरस्वती मावि, सिथार्लीमा “क्रियाशील सिकाइ कक्षाकोठा” (Active Learning Classroom) स्थापनाबाट बालबालिकाले सृजनात्मक, व्यवहारिक र आविष्कारमुखी शिक्षामा पहुँच पाएका छन्। २० परिवारले पोषण तथा तरकारी उत्पादनसम्बन्धी तालिम प्राप्त गरी घरमै तरकारी उत्पादन गरेर पोषणका साथै आम्दानी समेत गर्न थालेका छन्। विद्यालयमा किशोर–किशोरी मैत्री वातावरण विकास भई उनीहरूमा सिकाइ तथा अधिकारप्रति सचेतना अभिवृद्धि भएको छ। २५ भन्दा बढी घरमा ‘पढाइ कुना’ निर्माण भई बालबालिकालाई घरमै अध्ययन गर्ने सहज वातावरण।
युवा संलग्नतासँग स्थानीय तहको जवाफदेहिता अभिवृद्धि
मानव तथा राष्ट्रिय विकास समाज नेपालद्वारा सञ्चालित ‘युवा आवद्धता द्वारा स्थानिय तहको जवाफदेहिता अभिवृद्धि (KEB)’ परियोजनाको समिक्षा अवधिः अगस्ट २०२४ देखि जुन २०२५ सम्म रहनेछ।
परियोजनाका थप उपलब्धिहरू: २८ जना शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षा शाखाका प्रतिनिधिहरू एक दिने कार्यशालामा सहभागी भई ‘विद्यालय सुधार योजना अद्यावधिक’ प्रक्रिया अघि बढाइएको।
विद्यालय सुधार योजनामा अपांगता समावेशीकरण, MHM (महिला स्वास्थ्य सरसफाइ) र विद्यालय सुरक्षा समेटिने योजना। विद्यालय बाहिर रहेका बालबालिकाको तथ्याङ्क संकलन तथा भर्ना निर्देशिका मस्यौदा तयारी गरी छलफल सम्पन्न।
यो समिक्षा गोष्ठिले दुधौली नगरपालिकामा सञ्चालित कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्ने अवसर दिएको र आगामी कार्ययोजना तयार पार्न सहयोग पुग्ने जनाइएको छ।