By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > नेकपा एमाले ११ औँ महाधिवेशन: सिन्धुलीबाट ८ जनाको केन्द्रिय सदस्य सहित १० जनाको उम्मेदवारी

नेकपा एमाले ११ औँ महाधिवेशन: सिन्धुलीबाट ८ जनाको केन्द्रिय सदस्य सहित १० जनाको उम्मेदवारी

Dudhauli FM
Last updated: मंसिर २९, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफएम सम्बादाता

सिन्धुली / नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि सिन्धुली जिल्लाबाट केन्द्रीय समितिसहित विभिन्न केन्द्रीय निकायमा गरी ८ जनाको उम्मेदवारी परेको छ।

केन्द्रीय समिति खुला तर्फ सिन्धुलीबाट गणेश कुमार पहाडी, सुभाष देवकोटा र प्रदीप कटुवालले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै बागमती भूगोलतर्फ मनोज जंग थापाको उम्मेदवारी परेको छ भने महिला प्रतिनिधित्वतर्फ निरकुमारी दर्लामी (निरु) उम्मेदवार बनेकी छन्।

यसैगरी, आदिवासी जनजाति क्लस्टरतर्फ विशमलाल अधिकारी दनुवारले उम्मेदवारी दिएका छन्। बागमती प्रदेश युवा क्लस्टरतर्फ भने लालबहादुर बुढाथोकी उम्मेदवार बनेका छन्।

केन्द्रीय समितिबाहेक पार्टीका अन्य महत्वपूर्ण निकायमा समेत सिन्धुलीबाट प्रतिनिधित्व देखिएको छ। केन्द्रीय लेखा आयोग सदस्यमा सिन्धुलीका तारानिधि पोख्रेल र केन्द्रीय अनुशासन आयोग सदस्यमा रणकुमारी बलम्पाकीको उम्मेदवारी परेको छ।

सिन्धुलीबाट एकै पटक केन्द्रीय समिति र आयोगहरूमा उल्लेख्य संख्यामा उम्मेदवारी परेपछि जिल्लाको राजनीतिक उपस्थितिलाई बलियो बनाउने अपेक्षा गरिएको छ। महाधिवेशनमार्फत नेतृत्व चयन भएसँगै पार्टीको आगामी कार्यदिशा र संगठनात्मक संरचना तय हुने जनाइएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

सिन्धुलीको सबैभन्दा पुरानो सडक दुधौली–खिरियानी–कोगटी ओझेलमै

By Dudhauli FM

No Deposit Bonuses: Real or Myth?

By Dudhauli FM
Uncategorized

दुधौली–६ मा बालबालिका लक्षित विविध कार्यक्रम सम्पन्न

By Dudhauli FM
Uncategorized

बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?