By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > पालिकाले फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै स्थानीयको विरोध

पालिकाले फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै स्थानीयको विरोध

Dudhauli FM
Last updated: फाल्गुन १८, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. सम्वाददाता

सिन्धुली / दुधौली नगरपालिका ले फोहोर व्यवस्थापनलाई वैज्ञानिक र दीर्घकालीन रूपमा सञ्चालन नगरेको भन्दै स्थानीयवासीहरूले विरोध जनाएका छन्। विशेष गरी दुधौलीको वडा नम्बर ८ स्थित बटाहा डाँडाको जंगल क्षेत्रमा पालिकाभरि संकलन गरिएको फोहोर व्यवस्थापन गर्ने गरेको भए पनि व्यवहारमा जथाभावी फोहोर फालिएको आरोप स्थानीयको छ।

स्थानीयका अनुसार प्रारम्भमा वैज्ञानिक ढंगले डम्पिङ साइट निर्माण गरिने भनिए पनि अहिले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै व्यवस्थापन नगरी एउटै गाडीमा संकलन गरी सोझै जंगल क्षेत्रमा फाल्ने गरिएको छ। यसले वातावरणीय मापदण्डको ठाडो उल्लंघन गरेको उनीहरूको भनाइ छ।

वडा नम्बर ८ अन्तर्गत पर्ने साविक वडा नं. ५ का चितुवा खाडी, बटाहा डाँडा, लाउरी चौरी र देउदह क्षेत्रका करिब ३ सय घरधुरी प्रत्यक्ष प्रभावित हुने स्थानीयले बताएका छन्। फोहोर थुपार्ने स्थान बस्ती नजिकै रहेकाले स्वास्थ्य र वातावरणीय जोखिम बढेको उनीहरूको गुनासो छ।

चितुवा खाडीका स्थानीय बासुदेव थापाका अनुसार चिसो मौसममा फोहोर जलाउने र जमिनमुनि पुर्ने गरिएको छ भने गर्मी याममा त्यही फोहोर तातेर दुर्गन्ध फैलिने गरेको छ। “गर्मीमा गाउँ नै बस्न नसकिने गरी गन्हाउँछ। वर्षायाममा प्लास्टिकजन्य फोहोर बगेर खोल्सा–खोल्सी र खेतीयोग्य जमिनमा पुग्छ, जसले उब्जनीमा असर पारिरहेको छ,” उनले भने।

स्थानीयको आरोप अनुसार डम्पिङ साइटमा कुनै किसिमको तारबार, संरचना, वा वातावरणीय प्रभाव मूल्यांकन (EIA) बिना फोहोर थुपार्ने गरिएको छ। यसले दीर्घकालीन रूपमा भू–क्षय, जल प्रदूषण तथा जैविक विविधतामा समेत नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरिएको छ।

स्थानीयवासीहरूले तत्काल वैज्ञानिक विधिबाट फोहोर वर्गीकरण, सुरक्षित ल्यान्डफिल निर्माण, नियमित अनुगमन तथा प्रभावित बस्तीका बासिन्दासँग समन्वय गरी दीर्घकालीन समाधान खोज्न माग गरेका छन्। अन्यथा चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

No Deposit Bonuses: Real or Myth?

By Dudhauli FM
Uncategorized

विभिन्न कार्यक्रमको आयोजना गरी दुधौलीमा १८ औँ गणतन्त्र दिवस मनाए

By Dudhauli FM
Uncategorized

सिन्धुलीमा नेकपाको उम्मेदवार टुंगो, क्षेत्र नं. १ मा सुबेदी, क्षेत्र नं. २ मा दाहाल

By Dudhauli FM
Uncategorized

सिन्धुलीमा बिल नभएको ४१ लाख ६३ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?