By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > एघारौँ राष्ट्रिय उद्योग दिवस सिन्धुलीमा उत्साहपूर्वक सम्पन्न

एघारौँ राष्ट्रिय उद्योग दिवस सिन्धुलीमा उत्साहपूर्वक सम्पन्न

Dudhauli FM
Last updated: मंसिर ९, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE


दुधौली एफएम संवाददाता
सिन्धुली, मंसिर ९ ।

एघारौँ राष्ट्रिय उद्योग दिवस–२०८२ सिन्धुलीमा विभिन्न कार्यक्रमसँगै उत्साहपूर्वक सम्पन्न भएको छ। “औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीद्वारा आयोजित कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका कार्यालय प्रमुख ध्रुव प्रसाद ढकालले गर्नुभयो। प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामा तथा विशिष्ट अतिथिका रूपमा जिल्ला समन्वय समितिकी उप–प्रमुख शान्ता कार्की सहभागी हुनुहुन्थ्यो। प्रमुख अतिथिले ब्यानर पढेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।

गत आर्थिक वर्ष २०८१/८२ मा कार्यालयद्वारा सञ्चालित विभिन्न व्यावसायिक तथा सीपमूलक तालिमहरूमा प्रशिक्षकका रूपमा उल्लेखनीय योगदान पुर्‍याउने १५ जना सृजनात्मक प्रशिक्षकहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो। उद्योग तथा वाणिज्य कार्यालयका पुराना तथा इमान्दार कर्मचारी खड्ग व. कबीलाई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै नगद पुरस्कार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
यसबाहेक, कार्यालयमा सेवा लिन आउने प्रथम सेवाग्राहीलाई पनि दोसल्ला ओढाएर सम्मान गर्ने विशेष व्यवस्था गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामाले राजनीतिक अस्थिरताका कारण जिल्लासहित देशभरका उद्योग–व्यवसाय प्रभावित भएको बताउँदै उद्योगमैत्री वातावरण आवश्यक रहेको धारणा राख्नुभयो। आफू राजनीति हुँदै आए पनि देशमा देखिएको अस्वाभाविक परिस्थिति र राजनीतिक किचलोको कल्पना नगरेको उल्लेख गर्दै उहाँले औद्योगिक विकासका लागि शान्त, सुशासित र स्थिर वातावरण अपरिहार्य रहेको बताउनुभयो।

कार्यक्रमका अध्यक्ष तथा कार्यालय प्रमुख ढकालले साना तथा मझौला उद्यमीलाई प्रोत्साहन गर्न तीनै तहको सरकारले उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । कार्यक्रमले जिल्लामा उद्यमशीलता र औद्योगिक विकासलाई थप सबल बनाउने विश्वास आयोजक कार्यालयले जनाएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

कांग्रेसमा शक्ति खेल: लामा विरुद्ध २१ सांसदको ‘अविश्वास वार’

By Dudhauli FM

Pirots 4: Sammelvögel und das Geheimnis der Farbeffekte

By Dudhauli FM

Metodi per aumentare le probabilità di successo su Reactoonz 2 senza rischi eccessivi

By Dudhauli FM

Pinco kazino Azərbaycan — bonuslar 2025

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?