By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > कांग्रेसमा शक्ति खेल: लामा विरुद्ध २१ सांसदको ‘अविश्वास वार’

कांग्रेसमा शक्ति खेल: लामा विरुद्ध २१ सांसदको ‘अविश्वास वार’

Dudhauli FM
Last updated: साउन ९, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफ.एम. संवाददाता
९ साउन, काठमाडौं – बागमती प्रदेशसभामा नेपाली कांग्रेसभित्र ठूलो शक्ति संघर्ष सुरु भएको छ। कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएको हो।

प्रदेशसभामा कांग्रेसका ३७ मध्ये २१ जना सांसदले लामाको नेतृत्व अस्वीकार गर्दै प्रदेश संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरूमध्ये चार जना आइतबारकै दिन मन्त्री पदबाट राजीनामा दिएका छन्।

अविश्वास प्रस्तावमा अग्रणी भूमिका
अविश्वास प्रस्ताव बागमती प्रदेश कांग्रेसका सभापति इन्द्र बानियाँको अगुवाइमा दर्ता गरिएको हो। लामाविरुद्धको यो कदम पार्टीभित्र देउवा, गगन थापा र प्रकाशमान सिंह पक्षधर सांसदहरूको पहलमा आएको मानिएको छ।

हस्ताक्षर गर्ने सांसदहरू
इन्द्र बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विन्दु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, माया श्रेष्ठ, उर्मिला नेपाल, शान्ता ढकाल, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, विमल ठकुरी, यदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने र सुना परियार।

अब के हुन्छ?
लामालाई पदमुक्त गर्न बहुमत आवश्यक पर्नेछ। अविश्वास प्रस्ताव प्रदेशसभाको आगामी बैठकमा छलफल गरिने बताइएको छ। यस घटनाले बागमती प्रदेशमा कांग्रेसभित्र शक्ति समीकरण फेरबदल हुने संकेत दिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

दुधौलीका तीन विद्यालयमा शिक्षक छनोट परीक्षाको प्रश्नपत्र परीक्षाअघि नै बाहिरिएको खुलासा

By Dudhauli FM

Scratch Card Strategies and Tips for Success

By Dudhauli FM

Tucan Casino for Players Worldwide: A Guide to Regional Access

By Dudhauli FM
Uncategorized

सम्पादकीय, कांग्रेसमा परिवर्तनः समयको आदेश र इतिहासको चेतावनी

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?