By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > सम्पादकीय, कांग्रेसमा परिवर्तनः समयको आदेश र इतिहासको चेतावनी

सम्पादकीय, कांग्रेसमा परिवर्तनः समयको आदेश र इतिहासको चेतावनी

Dudhauli FM
Last updated: माघ १, २०८२
By Dudhauli FM
Uncategorized
Share
3 Min Read
SHARE

समयले अब कूटनीतिक भाषा बुझ्दैन। उसले स्पष्ट प्रश्न सोधिरहेको छ—नेतृत्व परिवर्तन अब बाध्यता हो कि अझै टारिरहने विषय? यो प्रश्न नेपाली कांग्रेसमा मात्र होइन, देशकै लोकतान्त्रिक भविष्यसँग गाँसिएको प्रश्न हो। तर विडम्बना यहीँ छ—जुन पार्टीले परिवर्तनको नेतृत्व गर्ने दाबी गर्दै आयो, त्यही पार्टी परिवर्तनबाट भाग्दै आएको देखिन्छ।
जेन्जी आन्दोलन अघि देखि नै सतहमा देखिएको असन्तोष भदौ २३ र २४ गतेको आन्दोलनपछि विस्फोटको रूप लियो। त्यो आन्दोलन कुनै आवेग थिएन, कुनै बालहठ थिएन—त्यो पुस्तान्तरणको घोषणा थियो। तर कांग्रेसको पुरानो नेतृत्वले यसलाई अझै पनि ‘व्यवस्थाविरोधी’ वा ‘अवाञ्छित’ ठानिरहनु आत्मघाती भूल हो।
परिवर्तनलाई जबर्जस्ती रोकिने वस्तु ठान्ने मानसिकताले आज कांग्रेसलाई निर्णायक मोडमा पु¥याएको छ। आफूलाई परिपक्व, अनुभवी र अपरिहार्य ठान्ने नेताहरू अब दुई विकल्पको चौराहामा छन्—कि सच्चिने, कि सक्किने। बीचको बाटो अब छैन।
परिवर्तन सहज हुँदैन—यो सत्य हो। तर परिवर्तनबाट भाग्नु झन् खतरनाक हुन्छ। लोकतन्त्रको झण्डा बोक्ने पार्टीभित्र नेतृत्व परिवर्तनलाई अपराधजस्तो चित्रण गरिनु स्वयं लोकतन्त्रप्रतिको अपमान हो। ‘हामी नै सबथोक हौँ’ भन्ने अहंकार, ‘हामी बिना पार्टी सकिन्छ’ भन्ने भ्रम र ‘समय हामीले नै तय गर्छौं’ भन्ने जडताले कांग्रेसलाई वर्षौंदेखि कमजोर बनाउँदै आएको यथार्थ अब छिपाउन सकिँदैन। आज कांग्रेसभित्र देखिएको हलचल षड्यन्त्र होइन। यो त पार्टीको रुखमा उम्रिएका ऐँजेरु हटेर नयाँ पालुवा पलाउने स्वाभाविक प्रक्रिया हो।
उही अनुहार, उही भाषण, उही रटानले दिक्क भएका नागरिकहरूले यो परिवर्तनलाई डरको आँखाले होइन, आशाको आँखाले हेर्न थालेका छन्। किनकि अब कांग्रेसभित्र प्रश्न गर्ने पुस्ता जन्मिसकेको छ र अझै जन्मिँदैछ।

यो पुस्ताले भाषण होइन, परिणाम खोज्छ।पदको ललिपप होइन, दूरगामी भिजन खोज्छ। देशभित्र मात्र होइन, विश्व बुझ्ने, आधुनिक राजनीति बुझ्ने, उत्तरदायित्व लिन सक्ने नेतृत्वको खोजीमा छ।

आज कांग्रेस प्रसव पीडामा छ।
यो पीडा नाटक होइन, वास्तविक छट्पटी हो।
सर्पले काँचुली फेर्दा भोग्ने पीडापछि आउने चमकजस्तै, कांग्रेसले पनि अब स्पष्ट, साहसी र उत्तरदायी राजनीति जन्माउनैपर्छ।

तर चेतावनी अझ स्पष्ट छ,
यदि परिवर्तनपछि पनि अनुहार मात्र फेरियो, प्रवृत्ति फेरिएन भने, यदि पद बाँडफाँडमा पुरानै खेल दोहोरियो भने, यदि रुखका पातमा किरा लागिरहे र हाँगाहरू भित्रभित्रै कुहिरहे भने, यो परिवर्तन इतिहासकै सबैभन्दा ठूलो आत्मधोखा सावित हुनेछ। यसपटक जनता चुप लाग्ने छैनन्। पहिले जस्तो डराएर बस्ने समय सकिँदैछ।
प्रश्न नगर्ने जनता र प्रश्नबाट भाग्ने नेता अब इतिहास बन्दैछन्। नेपाली कांग्रेसका लागि यो समय अन्तिम मौका पनि हुन सक्छ।
या त पार्टीले समयको आवाज सुन्छ,
या इतिहासले कांग्रेसलाई ‘समय नबुझ्ने पार्टी’ को रूपमा दर्ता गर्छ।

अब परिवर्तन साहसको विषय होइन, बाध्यता हो।
नत्र, लोकतन्त्रको नाममा सत्ता र कुर्सी जोगाउने खेललाई जनताले निर्णायक रूपमा अस्वीकार गर्नेछन् , र त्यो अस्वीकार कुनै भाषणले रोक्न सक्ने छैन।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

अनुशासनको जीत, सिन्धुलीको आधुनिक बोर्डिङ स्कुल ‘बेस्ट प्लाटुन’को उपाधि

By Dudhauli FM

¿Es mejor un sitio de apuestas con bono de bienvenida o sin promoción alguna?

By Dudhauli FM
Uncategorized

खैरो हिरोइनसहित सिन्धुलीका दुई युवक पक्राउ

By Dudhauli FM
Uncategorized

कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?