By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > खैरो हिरोइनसहित सिन्धुलीका दुई युवक पक्राउ

खैरो हिरोइनसहित सिन्धुलीका दुई युवक पक्राउ

Dudhauli FM
Last updated: असार ७, २०८३
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE


दुधौली एफएम संवाददाता

असार ६
सिन्धुली, सिन्धुलीको दुधौली नगरपालिका–९ स्थित तावा खोला पुल नजिक प्रहरीले खैरो हिरोइन जस्तो देखिने पदार्थसहित दुई युवकलाई पक्राउ गरेको छ। नियमित सवारी जाँचका क्रममा बरामद गरिएको उक्त पदार्थको तौल प्लास्टिकबाहेक ७२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी दुधौलीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक जालन्धर बरालको कमाण्डमा खटिएको टोलीले शुक्रबार साँझ करिब ५ः३० बजे ट्राफिक प्रहरीसहित चेकप्वाइन्ट स्थापना गरी सवारी साधन जाँच गरिरहेको अवस्थामा सिरहाको मिर्चैयाबाट दुधौलीतर्फ आउँदै गरेको स.७ प.७३६४ नम्बरको मोटरसाइकललाई रोकेको थियो।
जाँचका क्रममा मोटरसाइकल चालक दुधौली नगरपालिका–९ निवासी २७ वर्षीय प्रमोद साह र पछाडि सवार सोही स्थानका २० वर्षीय उमेश रुचाललाई खानतलासी पुर्जी दिई शरीर तथा सामान जाँच गर्दा प्रमोद साहको साथबाट कालो प्लास्टिकमा प्याक गरिएका सात वटा पोका फेला परेको प्रहरीले जनाएको छ।
उक्त पोका खोली परीक्षण गर्दा खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो। मान्यता प्राप्त तराजुबाट तौल गर्दा प्लास्टिकसहित १ ग्राम ४२० मिलिग्राम र प्लास्टिकबाहेक ७२० मिलिग्राम पदार्थ रहेको प्रहरीको भनाइ छ।
खानतलासीका क्रममा सोही पर्सभित्रबाट एक हजार दरका सात थान नोट गरी नगद ७ हजार रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको पदार्थ र नगद रकम रितपूर्वक नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धानपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

दुधौली नगरमा भएको बलात्कार  घटनाको निष्पक्ष छानबिन गर्न नेपाली काङ्ग्रेस दुधौलीको माग

By Dudhauli FM

Pirots 4: Sammelvögel und das Geheimnis der Farbeffekte

By Dudhauli FM
Uncategorized

दुधौली ११ पत्रिङ्गाका श्री राधाकृष्ण किर्तन समुहद्वारा तामाङ सम्मानित

By Dudhauli FM

Vavada Casino

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?