By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > अनुशासनको जीत, सिन्धुलीको आधुनिक बोर्डिङ स्कुल ‘बेस्ट प्लाटुन’को उपाधि

अनुशासनको जीत, सिन्धुलीको आधुनिक बोर्डिङ स्कुल ‘बेस्ट प्लाटुन’को उपाधि

Dudhauli FM
Last updated: पुस १२, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफएम सम्बाददाता

सिन्धुली / अनुशासन, नेतृत्व र सर्वाङ्गीण विकासको सशक्त अभ्यास गर्दै आधुनिक इंग्लिस बोर्डिङ स्कुलले राष्ट्रिय सेवादल तालिममा ‘बेस्ट प्लाटुन’ उपाधि हासिल गर्न सफल भएको छ । तालिम अवधिभर देखाएको उत्कृष्ट अनुशासन, टोलीगत समन्वय र बहुआयामिक प्रतिभाका कारण विद्यालयले यो गौरवपूर्ण उपलब्धि हात पारेको हो ।

तालिम अवधिभर प्रशिक्षक ज्ञानेन्द्र फुयाल र सरिता थारूको कुशल प्रशिक्षण तथा विद्यार्थीहरूको अथक मेहनतले यो सफलता सम्भव भएको विद्यालयले जनाएको छ । क्याडेटहरूको शारीरिक, मानसिक र नैतिक विकासमा खेल प्रशिक्षक गोविन्द चौहान, नृत्य प्रशिक्षक सागर आछामे लगायतले दिएको निरन्तर सहयोगले महत्वपूर्ण भूमिका खेलेको विद्यालयको भनाइ छ ।

प्रतियोगितात्मक विधातर्फ सार्वजनिक वक्तृत्वकलामा रन्जिता दर्लामी प्रथम स्थान हासिल गर्न सफल भइन् भने स्यान्ड मोडल ब्रीफिङमा सौगात काफ्ले प्रथम र बिबिशा बम्जन तेस्रो स्थानमा रहन सफल भए । यसैगरी नृत्य प्रतियोगिता, छात्र भलिबल तथा छात्रा भलिबलमा विद्यालयले दोस्रो स्थान प्राप्त गर्दै व्यक्तिगत मात्र होइन, टोलीगत क्षमताको समेत सशक्त प्रदर्शन गरेको छ ।

विद्यालयका प्रिन्सिपल भानु गुरुङले यस सफलतालाई विद्यार्थी, प्रशिक्षक र विद्यालय परिवारको साझा मेहनतको परिणाम भएको उल्लेख गर्दै भने, “हामी भविष्यमा पनि पढाइसँगै अनुशासन, नेतृत्व विकास र अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकता दिनेछौं।” उनले राष्ट्रिय सेवादलको तालिमले विद्यार्थीमा देशप्रेम, जिम्मेवारीबोध र आत्मअनुशासन विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याएको समेत बताए ।

राष्ट्रिय सेवादल तालिममा प्राप्त ‘बेस्ट प्लाटुन’ उपाधिले आधुनिक इंग्लिस बोर्डिङ स्कुललाई सिन्धुलीको शैक्षिक क्षेत्रमा मात्र होइन, अनुशासन र नेतृत्व विकासको केन्द्रका रूपमा समेत अझ सशक्त रूपमा स्थापित गरेको छ ।

पढाइसँगै व्यवहारिक सीप, अनुशासन र नेतृत्व विकासमा केन्द्रित आधुनिक इंग्लिस बोर्डिङ स्कुलको यो सफलता अन्य विद्यालयका लागि पनि प्रेरणाको स्रोत बनेको छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Implementazione Esperta del Filtro Spaziale Tier 2: Dalla Geolocalizzazione alla Personalizzazione Contestuale in Ambiente Italiano

By Dudhauli FM
Uncategorized

सिन्धुलीमा ‘स्मार्ट प्रहरी कन्ट्रोल रुम’ सञ्चालन,सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्य

By Dudhauli FM
Uncategorized

प्रहरी निरीक्षक सपना खड्का ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

By Dudhauli FM
Uncategorized

ट्राइब्रेकरमा ५–४ को जितसँगै न्यू शिवशक्ति यूवा क्लव सेमिफाइनलमा

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?