By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > बागमति प्रदेश तालिम केन्द्रद्वारा विदाई तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न

बागमति प्रदेश तालिम केन्द्रद्वारा विदाई तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न

Dudhauli FM
Last updated: जेष्ठ २३, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE


दुधौली एफ. एम. सम्वाददाता

दुधौली, सिन्धुली – २०८२ जेठ २१ गते, बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली, सिन्धुलीमा कार्यरत रहनुभएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रवीण पोखरेलज्यूको सरुवालाई अवसर बनाएर आज एक भावनात्मक “विदाई तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८२/०२/१६ गतेको पत्र (च.नं. ७२८७) अनुसार पोखरेलज्यूको राष्ट्रिय सुरक्षा परिषद् सचिवालय, सिंहदरबार, काठमाडौंमा सरुवा भएसँगै आयोजित कार्यक्रममा केन्द्रका निमित्त समादेशक प्रहरी निरीक्षक देवेन्द्र दासज्यूले उहाँलाई टिका, खादा र मायाको चिनो प्रदान गर्दै बिदाई गर्नुभयो।

कार्यक्रममा उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरू, साथै हाल यस केन्द्रमा तालिमरत उन्नत तथा प्रहरी जवान आधारभूत तालिम (६–२०४ औं समूह) का प्रशिक्षार्थीहरूको विशेष उपस्थिति रहेको थियो।

विदाई मन्तव्यका क्रममा प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलज्यूले बागमती प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत रहँदा प्राप्त अनुभव, सिकाइ र सहकर्मीहरूको साथ सहयोगको कदर गर्दै केन्द्रप्रति आफ्नो गहिरो आत्मीयता व्यक्त गर्नुभयो। साथै, उहाँले उपस्थित सम्पूर्ण प्रहरीजनलाई कर्तव्यनिष्ठ, अनुशासित र समर्पित भएर कार्य गर्न प्रेरणा दिनुभयो।

कार्यक्रमको वातावरण भावुक र प्रेरणादायक रहेको थियो। सहभागी सबैले पोखरेलज्यूको नयाँ जिम्मेवारीमा सफलताको कामना गर्दै पुनः भेटको अपेक्षा व्यक्त गरेका थिए।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

दुधौली नगर अस्पताल आन्तरिक किचलोले संकटमा, सेवा प्रदाय धरासायी हुँदै

By Dudhauli FM

Slotbunny Casino vs Competitors: Detailed Comparison

By Dudhauli FM
Uncategorized

दुधौली नगरपालिकाका साझेदार संस्थाहरु आगामी आर्थिक वर्षको परियोजनाको प्रारम्भिक बैठक सम्पन्न

By Dudhauli FM
Uncategorized

दुधौली–४ का उद्यमी महिलालाई सिलाई मेसिन हस्तान्तरण

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?