दुधौली एफ. एम. सम्बाददाता
दुधौली, साउन १९ – “सम्मानित र समृद्ध जीवनका लागि सामुदायिक सशक्तीकरण” शीर्षकमा दुधौली नगरपालिकामा साझेदार संस्थाहरू सञ्चालित हुन गइरहेको आगामी आर्थिक वर्षको परियोजनाको प्रारम्भिक बैठक सम्पन्न भएको छ। मानव तथा राष्ट्रिय विकास समाज नेपाल (HANDS Nepal) को आयोजनामा, PLAN International को साझेदारीमा सञ्चालन हुने उक्त परियोजनाको प्रारम्भिक बैठक शुक्रवार दुधौली नगरपालिकामा सम्पन्न भएको हो। उक्त कार्यक्रम HANDS Nepal का अध्यक्ष बाशु अधिकारी दनुवारको अध्यक्षतामा तथा दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्र किशोर थारूको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो।

कार्यक्रममा दुधौली नगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरू, HANDS Nepal सिन्धुलीका पदाधिकारीहरू, नगरस्तरका शाखा प्रमुख तथा कर्मचारी, सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो। सामाजिक सशक्तीकरण तथा समुदायको दिगो विकासका लागि लक्षित सो परियोजनाले शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, बालअधिकार तथा जीविकोपार्जनका क्षेत्रमा योगदान दिने अपेक्षा गरिएको छ।

उक्त छलफल कार्यक्रममा पालिका भित्र गएको वर्षहरूमा संस्थाले गरेको कार्यक्रमको सङ्क्षिप्त जानकारीका साथै आगामी आर्थिक वर्षमा हुने योजना र सम्भावित लागतको बरेमा छलफल भएको थियो । संस्थाको परियोजना प्रस्तुति पश्चात् खुला अन्तरक्रिया कार्यक्रम भएको थियो । उक्त अन्तरक्रिया वडाका पालिकाको तर्फबाट साथ सहयोग गरेर जाने प्रतिबद्धता आएको थियो ।
कार्यक्रम युवा आबद्धता द्वारा स्थानीय तहको जवाफदेहीता अभिवृत्ति परियोजकना ( SLASS) परियोजना, उज्ज्वलता परियोजना, र बालिका संसक्तिकरण परियोना (GSS) बारेमा बिगतका समीक्षा र आगामी वर्षको लागि योजनाका विषयमा छलफल गरिएको थियो ।

उक्त कार्यक्रममा ( SLASS) परियोजनाको तर्फबाट परियोजना संयोजक रोशन तिमल्सिना , उज्ज्वलता परियोनाको तर्फबाट परियोजना संयोजक कमला लामा र (GSS) परियोजनाको तर्फबाट परियोजना प्रमुख रामानन्द बैठाले आ–आफ्नो प्रस्तुति प्रस्तुत गर्नु भएको थियो ,
कार्यक्रममा बोल्ने वक्ताहरूले परियोजनाबाट दुधौली नगरपालिका भित्रका समुदायहरूले प्रत्यक्ष लाभ पाउने विश्वास व्यक्त गरे। साथै, परियोजना प्रभावकारी ढंगले सञ्चालन गर्न सबै पक्षको सहकार्य र प्रतिबद्धता आवश्यक रहेको कुरामा जोड दिइयो।
