दुधौली एफएम सम्बाददाता
सिन्धुली / इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीले बेवारिसे अवस्थामा फेला परेको बोलेरो गाडी सम्बन्धित सवारी धनीलाई जिम्मा बुझाएको छ।
हिजो पुस १ गते मंगलबार दिउँसो करिब ३ बजेर १५ मिनेटमाको समयमा जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर ४ डकाहा स्थित दनुवार होटल अगाडि मदन भण्डारी राजमार्गमा पार्किङ गरी राखिएको ना ३ च ७१७५ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडी बेवारिसे अवस्थामा फेला परेको थियो।
इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरि साहयक निरीक्षक नकुल भुजेलको कमाण्डमा खटिएको ५ जनाको गस्ती टोलीले उक्त गाडी फेला पारी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय डकाहामा ल्याई सुरक्षित राखेको थियो।
पछि आवश्यक अनुसन्धान तथा पहिचान पश्चात मिति आज बुधबार २ गते साँझ ५ : ४० बजेको समयमा उक्त बोलेरो गाडीका सम्बन्धित सवारी धनी जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१७ निवासी वर्ष ३५ का सन्तोष थापालाई जिम्मा बुझाइ पठाइएको इलाका प्रहरी कार्यालय डकाहाले जनाएको
