By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीमा सर्पदंशबाट बेहोस बालिका समयमै उपचारपछि सुरक्षित

दुधौलीमा सर्पदंशबाट बेहोस बालिका समयमै उपचारपछि सुरक्षित

Dudhauli FM
Last updated: साउन २८, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE


दुधौली एफ.एम. संवाददाता
दुधौली, सिन्धुली — मंगलबार साँझ करिब ९ बजे देखिको अविरल वर्षाका बीच दुधौली नगरपालिका–११, मधुबनीमा भएको एक गम्भीर सर्पदंशको घटना समयमै उपचार भएपछि पीडित बालिका खतरा मुक्त भएकी छिन्।

स्थानीय जानकारी अनुसार, मधुबनीकी एक बालिका घरमा दाउरा लिन गएकी बेला ‘गोंमन’ जातको विषालु सर्पले टोकेको थियो। टोकाइपछि उनी तत्काल बेहोस भएकी बताइएको छ। वर्षाका कारण खहरे खोलामा आवागमनमा कठिनाइ भए पनि सामाजिक सहयोगी यादव कार्की र गुणराज साशंकरको पहलमा तुरुन्तै एम्बुलेन्स व्यवस्था गरी बालिकालाई सास चल्दै अस्पताल पुर्‍याइएको हो।

अस्पताल पुगेपछि २० भाइल एन्टिभेनम दिइएपछि बालिकाले होस पाएकी थिइन्। त्यसपछि अस्पतालका मेसु डा. सुमनसिंह कार्कीले उनलाई खतरा मुक्त घोषित गर्नुभयो।

राति करिब ११:४५ बजे वडा नं. ५ का अध्यक्ष यदुनाथ काफ्ले मार्फत दुधौली नगरपालिका अस्पताल सिर्थौलीलाई घटनाबारे जानकारी दिइएपछि तत्काल एमर्जेन्सी तयारी थालिएको अस्पतालले जनाएको छ। सिर्थौली नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमनसिंह कार्कीको नेतृत्वमा, तत्कालीन ड्यूटी अफिसर डा. मन्दिप अधिकारीले अफ–ड्यूटी स्वास्थ्यकर्मीहरू समेतलाई बोलाई, भेन्टिलेटरसहित आवश्यक उपकरण तयारीमा राखिएको थियो।

यस सफल उद्धार र उपचारमा संलग्न सम्पूर्ण एमर्जेन्सी टोलीलाई धन्यवाद दिँदै दुधौली नगरवासीहरूले, नगर प्रमुख र उप–प्रमुखद्वारा स्थापित स्वास्थ्य प्रणाली जनताको जीवनरक्षामा भरपर्दो र प्रभावकारी सावित भएको बताएका छन्।

श्रोत: अर्जुन कार्की, सदस्य, दुधौली नगर अस्पताल सिर्थौली

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरु

By Dudhauli FM
Uncategorized

दुधौलीमा कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

By Dudhauli FM

No Deposit Bonuses: Real or Myth?

By Dudhauli FM

The Significance of Expanding Wilds in Modern Slot Design

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?