By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > खडानन्द पद्मकुमारी शिक्षा पुरस्कार वितरण कार्यक्रम सम्पन्न, उत्कृष्ट विद्यार्थी र गजलकार सम्मानित

खडानन्द पद्मकुमारी शिक्षा पुरस्कार वितरण कार्यक्रम सम्पन्न, उत्कृष्ट विद्यार्थी र गजलकार सम्मानित

Dudhauli FM
Last updated: जेष्ठ ५, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

प्रतिमा दियाली,

दुधौली — प्रत्येक वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहन गर्न स्थापना गरिएको खडानन्द पद्मकुमारी शिक्षा पुरस्कार अक्षय कोषद्वारा सञ्चालित वार्षिक सम्मान कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ।

दुधौली नगरपालिका–२ मा रहेको श्री कमला मा.वि. भलुवाहीको आयोजनामा सम्पन्न कार्यक्रममा कक्षा ११ मा अध्ययनरत गरिमा अधिकारीले खडानन्द पद्मकुमारी शिक्षा पुरस्कार २०७६ प्राप्त गर्दै नगद रु १०,१११ र प्रमाणपत्र प्राप्त गरेकी छिन्। उनलाई यो पुरस्कार वरिष्ठ साहित्यकार डा. कृष्णहरि बरालको हातबाट प्रदान गरिएको थियो।

त्यसैगरी कार्यक्रममा आयोजित गजल प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने साहित्यकारहरूलाई समेत सम्मान गरिएको थियो। प्रतियोगितामा उपन्यासकार तथा साहित्यका केशव घिमिरे प्रथम, रोमन लामिछाने द्वितीय र प्रमिला श्रेष्ठ तृतीय स्थानमा रहन सफल भए। उनीहरूलाई क्रमशः नगद रु ५,१००, ३,१००, र २,१०० सहित प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य जंग बहादुर राईको अध्यक्षता, दुधौली नगरपालिका वडा नं. २ का वडा अध्यक्ष रितेश राउतको प्रमुख आतिथ्यता, र डा. कृष्णहरि बरालको विशेष आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, साहित्यकार, शिक्षकगण र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उपन्यास “रूपिका” का लेखक केशव घिमिरे, जो यस पटकको गजल प्रतियोगिताका प्रथम विजेता पनि हुन्, विगत एक दशकदेखि साहित्य क्षेत्रमा सक्रिय छन्। उनले पुरस्कार ग्रहण गर्दै भने, “बालकक्षादेखि पढेको आफ्नै विद्यालयले सम्मान गर्दा निकै भावुक र गौरवान्वित महसुस भएको छ।” उनले कार्यक्रममा सहभागी सम्पूर्ण गुरुजन तथा आयोजकप्रति आभार व्यक्त गरे।

साहित्यकार डा. कृष्णहरि बरालले यस्तो कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनात्मकता र साहित्यप्रतिको अभिरुचि अझ बढाउने विश्वास व्यक्त गर्दै भने, “यसले भावी पुस्तामा लेखन र अध्ययनप्रतिको प्रेरणा जगाउनेछ।”

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

बागमति प्रदेश तालिम केन्द्रद्वारा विदाई तथा फेरि भेटौंला” कार्यक्रम सम्पन्न

By Dudhauli FM

Keno Strategies and Tips for Success

By Dudhauli FM
Uncategorized

मट्टितेल/ पेट्रोलबाट आगलागी हुँदा महिलाको मृत्यु, एक जना घाइते

By Dudhauli FM
Uncategorized

गिचियानी क्रीकेट क्लबलाई पछि पार्दै घरेलु टिम दुधौली क्रीकेट क्लब Aफाईनलमा

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?