By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता, नबिया कुमारी प्रथम

दुधौलीमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता, नबिया कुमारी प्रथम

Dudhauli FM
Last updated: जेष्ठ १३, २०८३
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफएम सम्बाददाता

दुधौली/ दुधौली नगरपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (लै.स.सा.स.) उपशाखाको आयोजनामा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। “समावेशी शासनका लागि महिला सहभागिता” विषयमा आयोजित उक्त प्रतियोगितामा पालिकाभित्रका माध्यमिक तहका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता दुधौली नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्द्र किशोर थारुले गर्नुभएको थियो। नगरपालिकाभित्र रहेका २५ माध्यमिक विद्यालयमध्ये २१ विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले महिला सहभागिता, नेतृत्व विकास, निर्णय प्रक्रियामा महिलाको भूमिका, समान अवसर तथा समावेशी शासन व्यवस्थाको महत्वबारे प्रभावकारी रूपमा आफ्ना धारणा प्रस्तुत गरेका थिए। वक्ताहरूले महिला सशक्तीकरणबिना समृद्ध समाज निर्माण सम्भव नहुने उल्लेख गर्दै राज्यका हरेक तहमा महिलाको समान र अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताएका थिए।

प्रतियोगितामा माध्यमिक विद्यालय सिर्थौलीकी छात्रा नबिया कुमारी कुमर प्रथम हुन सफल भइन्। त्यसैगरी सिन्धुली एकता बोर्डिङ स्कुलका छात्र संजोग बराल द्वितीय भएका छन्। कमलामाई इङ्लिस बोर्डिङ स्कुलकी छात्रा सिमा राउत तृतीय हुन सफल भइन् भने सिन्धुली सनराइज इङ्लिस बोर्डिङ स्कुलका छात्र भिम बहादुर खड्काले सान्त्वना स्थान हासिल गरेका छन्। विजयी विद्यार्थीहरूलाई प्रमाणपत्रसहित क्रमशः नगद रु. ८ हजार, रु. ६ हजार र रु. ४ हजार पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा बोल्दै कार्यवाहक नगरप्रमुख थारुले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अभिव्यक्ति कला तथा सामाजिक विषयप्रतिको चेतना अभिवृद्धि गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले महिला अधिकार, समानता र समावेशी शासनको अभ्यास विद्यालय तहदेखि नै विकास गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

प्रतियोगिताको निर्णायक मण्डलमा कमला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जीवन हरि आचार्य, शाखाकी सदस्य इन्दिरा निरौला तथा आधारभूत विद्यालय झुङाका प्रधानाध्यापक निरज कार्की रहनुभएको थियो।

कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा नगरपालिकाका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो। प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्ना विचार प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै समसामयिक सामाजिक विषयप्रति सचेतना अभिवृद्धि गरेको आयोजकले जनाएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

रास्वपा दुधौलीद्वारा ‘दुर्घटना न्युनिकरण तथा सचेतना कार्यक्रम’ सम्पन्न

By Dudhauli FM
Uncategorized

बीपी र मदनभण्डारी राजमार्गका चालकमा उच्च रक्तचापको समस्या

By Dudhauli FM

Blackjack Strategies and Tips for Success

By Dudhauli FM

The Evolution of Thematic Slot Games: Balancing Entertainment and Responsible Gambling

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?