By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > सिन्धुलीको तीनपाटनमा मगर समुदायको चाड माघे सङ्क्रान्ति भव्य रूपमा सम्पन्न

सिन्धुलीको तीनपाटनमा मगर समुदायको चाड माघे सङ्क्रान्ति भव्य रूपमा सम्पन्न

Dudhauli FM
Last updated: माघ ४, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

प्रजोल कुमार मगर तिनपाटन

सिन्धुली / नेपाल मगर संघ तीनपाटन गाउँपालिका समितिको आयोजनामा मगर समुदायको महान चाड माघे सङ्क्रान्ति (माघ्या सकराटी) को पावन अवसरमा शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम नेपाल मगर संघ तीनपाटन वडा नं. ९ का सभाध्यक्ष टेकबहादुर लामिछानेको अध्यक्षता मा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिका सह–अध्यक्ष गङ्ग्गा बहादुर मगर प्रमुख अतिथि रहनुभएको थियो।

त्यसैगरी तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापा विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनबहादुर पुलामी मगर, नेपाल मगर संघ जिल्ला समिति अध्यक्ष सरोज पुलामी मगर, प्रदेश समिति सदस्य भद्रा मगर, झगरसिंह आले मगर, कलाघर सिन्धुलीका अध्यक्ष तथा नेपाल मगर संघ बागमती प्रदेश महासचिव सुमन थापा मगर, नेपाल मगर सांस्कृतिक संघ जिल्ला अध्यक्ष सञ्चिता थापा मगर, जिल्ला समिति सदस्य नरेन्द्र ल्हायो मगर तथा प्रजोल मगर लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा राष्ट्रिय कला सङ्ग्रालय कलाघर सिन्धुली परिवार, स्थानीय कलाकारहरू तथा मगर समुदायका आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरू साथै गैर–मगर समुदायका दाजुभाइ दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सांस्कृतिक प्रस्तुतीहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरू, कलाकारहरू तथा दर्शकहरूलाई निम्तो स्वीकार गरी उपस्थित भई कार्यक्रम सफल बनाइदिएकोमा नेपाल मगर संघ तीनपाटन वडा नं. ९ कार्यसमितिप्रति आयोजकले धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

फिक्कल गाउँपालिका–६ रत्नावतीमा सार्वजनिक सुनुवाई सम्पन्न

By Dudhauli FM
Uncategorized

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

By Dudhauli FM
Uncategorized

दुधौली–कर्था कोगटी सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित

By Dudhauli FM

शववाहन सेवा सम्बन्धी विषयमा दुधौली नगरपालिकाको आत्मआलोचना सहित स्पष्टिकरण

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?