By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > सम्पादकीय, दुधौली नगर अस्पताल रित्तिँदै छ : बिरामी घटेका होइनन्, विश्वास मरेको हो !

सम्पादकीय, दुधौली नगर अस्पताल रित्तिँदै छ : बिरामी घटेका होइनन्, विश्वास मरेको हो !

Dudhauli FM
Last updated: पुस २१, २०८२
By Dudhauli FM
Uncategorized
Share
3 Min Read
SHARE

Contents
दुधौली नगर अस्पताल सिथौलीमा देखिएको बिरामीको घट्दो संख्या कुनै आकस्मिक घटना होइन, यो दीर्घकालीन बेथिति, कमजोर नेतृत्व र गैर–जिम्मेवार व्यवस्थापनको प्रत्यक्ष परिणाम हो । रोग घटेर अस्पताल रित्तिएको होइन, सेवाप्रति विश्वास मरेर अस्पताल सुनसान बनेको हो— यो कटु सत्य अब ढाकछोप गर्न मिल्दैन ।अस्पताल कि आन्तरिक युद्धको मैदान ?बीमा छ, भवन छ, उपकरण छ— तर सेवा छैनव्यवहारको रोग, औषधिले निको हुँदैनजनताको पैसामा चलेको संस्थाको दुर्दशाअब मौन बस्नु अपराध होसिथौली अस्पताल आज बिरामी नभएर होइन, भरोसा गुमाएर रित्तिएको छ । अब पनि सुधार होइन, केवल भाषण गरिरहने हो भने जनताले दिएको फैसला अन्तिम हुनेछ—जनताले अस्पताल छाडिसकेका छन्, भोलि अस्पताल नै इतिहास बन्न सक्छ ।

दुधौली नगर अस्पताल सिथौलीमा देखिएको बिरामीको घट्दो संख्या कुनै आकस्मिक घटना होइन, यो दीर्घकालीन बेथिति, कमजोर नेतृत्व र गैर–जिम्मेवार व्यवस्थापनको प्रत्यक्ष परिणाम हो । रोग घटेर अस्पताल रित्तिएको होइन, सेवाप्रति विश्वास मरेर अस्पताल सुनसान बनेको हो— यो कटु सत्य अब ढाकछोप गर्न मिल्दैन ।

कहिले दैनिक २ सयदेखि ४ सयसम्म बिरामी उपचार गर्ने सिथौली अस्पताल आज एक सय बिरामी पुर्‍याउन संघर्षरत छ । यदि यो अवस्था पनि ‘सामान्य’ ठानिन्छ भने भोलि अस्पताल बन्द हुँदा पनि अचम्म मान्नुपर्ने छैन ।

अस्पताल कि आन्तरिक युद्धको मैदान ?

सिथौली अस्पताल आज उपचार केन्द्रभन्दा बढी आन्तरिक द्वन्द्वको अखडा बनेको छ । सञ्चालक समिति, प्रशासन, चिकित्सक र कर्मचारीबीचको शक्ति संघर्ष र असमझदारीले अस्पतालको मुटु नै थला परेको छ । नेतृत्व अस्पष्ट हुँदा आदेश मानिन्न, अनुगमन नहुँदा मनपरी चल्छ र अन्ततः यसको मूल्य जनताले चुकाउँछन् ।

प्रश्न स्पष्ट छ— जनताको अस्पतालमा व्यक्तिगत अहंकारको राजनीति कहिलेसम्म ?

बीमा छ, भवन छ, उपकरण छ— तर सेवा छैन

दुधौली नगरपालिका र वडा कार्यालयले हजारौँ नागरिकको स्वास्थ्य बीमा गरिदिएका छन् । आधुनिक भवन र केही उपकरण पनि छन् । तर बिरामी अस्पताल पस्न चाहँदैनन् । कारण एउटै छ—
सेवा नपाइने ठाउँमा सुविधा हुनुको अर्थ हुँदैन ।

बीमा कार्ड बोकेर उदयपुर र बर्दिबासतर्फ धाउने नागरिकको लर्को सिथौली अस्पतालका लागि लज्जाको विषय होइन र ?

व्यवहारको रोग, औषधिले निको हुँदैन

अस्पतालको सबैभन्दा गम्भीर रोग उपकरणको कमी होइन, व्यवहारको पतन हो । केही कर्मचारी र चिकित्सकको उपेक्षापूर्ण, गैर–जिम्मेवार र अहंकारी व्यवहारले सेवाग्राहीलाई अस्पतालबाट धकेलिरहेको छ ।

सेवाग्राही उपचार खोज्दै आउँछन्, अपमान बोकेर फर्किन्छन् । यस्तो अस्पताल कसको लागि हो ?

जनताको पैसामा चलेको संस्थाको दुर्दशा

जनताको कर, राज्यको लगानी र स्थानीय सरकारको प्रतिष्ठाले चलेको अस्पताल आज निजी स्रोतका कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा पुगेको छ । यो आर्थिक संकट संयोग होइन, व्यवस्थापकीय असफलताको परिणाम हो । सञ्चालक समिति मौन छ, नगरपालिका चुप छ, प्रशासन अलमलमा छ । अनि जिम्मेवार को ?

अब मौन बस्नु अपराध हो

दुधौली नगर अस्पताल सिथौली कुनै प्रयोगशाला होइन, जहाँ असफल प्रयोग दोहोर्‍याइरहने छुट हुन्छ । यो जनताको जीवनसँग जोडिएको संस्था हो ।

अब पनि यदि—

  • सञ्चालक समिति पुनर्गठन हुँदैन
  • आन्तरिक किचलो अन्त्य हुँदैन
  • कर्मचारी र चिकित्सकको व्यवहारमा सुधार हुँदैन
  • सेवाग्राहीको गुनासोलाई गम्भीरतापूर्वक सुन्ने संयन्त्र बनाइँदैन

भने सिथौली अस्पतालको पतन रोक्न अब कसैले सक्ने छैन ।

सिथौली अस्पताल आज बिरामी नभएर होइन, भरोसा गुमाएर रित्तिएको छ । अब पनि सुधार होइन, केवल भाषण गरिरहने हो भने जनताले दिएको फैसला अन्तिम हुनेछ—
जनताले अस्पताल छाडिसकेका छन्, भोलि अस्पताल नै इतिहास बन्न सक्छ ।


Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

The Significance of Expanding Wilds in Modern Slot Design

By Dudhauli FM
Uncategorized

अस्पताललाई सुरक्षित र भयमुक्त बनाउन सर्वपक्षीय आग्रह, तस्विर

By Dudhauli FM
Uncategorized

शिक्षक आन्दोलनमा दुधौलीका शिक्षक अग्रपंक्तिमा, फोटो फिचर

By Dudhauli FM
Uncategorized

यस.यस.पि. प्रभु प्रसाद ढकालले बागमती प्रदेश प्रहरी तालिम केन्द्रको समादेशकको पदभार ग्रहण

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?