By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > बृजनारायण साहको अध्यक्षतामा दुधौली उद्योग वाणिज्य संघको तदर्थ समिति गठन

बृजनारायण साहको अध्यक्षतामा दुधौली उद्योग वाणिज्य संघको तदर्थ समिति गठन

Dudhauli FM
Last updated: पुस १९, २०८२
By Dudhauli FM
Uncategorized
Share
3 Min Read
SHARE

दुधौली एफएम सम्वाददाता

दुधौली, सिन्धुली / सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा नगरस्तरीय उद्योग वाणिज्य संघ स्थापना गर्ने उद्देश्यले तदर्थ समिति गठन गरिएको छ। दुधौली नगरपालिकाका पुराना तथा क्रियाशील व्यवसायी बृजनारायण साहको अध्यक्षतामा १६ सदस्यीय तदर्थ समिति सर्वसम्मत रूपमा चयन गरिएको हो। संघको विधानअनुसार हाल गठन भएको तदर्थ समितिले थप ३ जना सदस्य मनोनयन गर्नुपर्नेछ। मनोनयन पश्चात समिति १९ सदस्यीय पूर्ण तदर्थ समितिको रूपमा रहने बताइएको छ।

दुधौली नगरका उद्योगी तथा व्यवसायीहरूको आम भेला कमला बहुमुखी क्याम्पसको प्राङ्गणमा सम्पन्न भएको थियो। भेलाले नगर उद्योग वाणिज्य संघ स्थापना प्रक्रियालाई अगाडि बढाउन तदर्थ समिति गठन गर्ने निर्णयसहित पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन गरेको हो।

तदर्थ समिति गठन कार्यक्रम उद्योग वाणिज्य संघ दुधौलीका नवनियुक्त अध्यक्ष बृजनारायण साहको अध्यक्षता तथा दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख चन्द्रकिशोर थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन श्रेष्ठसहित संघका विभिन्न पदाधिकारीहरूको विशिष्ट आतिथ्य रहेको थियो।

नवगठित तदर्थ समितिमा बरिष्ठ उपाध्यक्षमा टिका दाहाल, बरिष्ठ उद्योग उपाध्यक्षमा रितबहादुर कार्की, वाणिज्य उपाध्यक्षमा भगवान बाबु जयसवाल चयन हुनु भएको छ। यस्तै महासचिवमा श्याम प्रसाद अधिकारी, उप–महासचिवमा सरोज साह, सचिवमा धनराज साह र कोषाध्यक्षमा सङ्गीता सिंह चयन हुनु भएको छ।

समितिका सदस्यहरूमा उमेश कार्की, दिपेन्द्र महतो, देवकुमारी कार्की, सुनतारा महतो, हरि बराल, मुकेश साह र उमेश महतो सर्वसम्मत रूपमा चयन हुनु भएका छन्।

नवगठित समितिलाई शपथ खुवाउँदै उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन श्रेष्ठले सबै पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले तदर्थ समितिले सामान्यतया १० वर्षमा गर्नुपर्ने काम ६ महिनाभित्र सम्पन्न गर्नुपर्ने भएकाले समितिमाथि ठूलो जिम्मेवारी र चुनौती रहेको बताउनुभयो।

उहाँले जिल्लाकै दोस्रो ठूलो बजारको रूपमा रहेको दुधौलीमा उद्योग वाणिज्य संघ ढिलै भए पनि स्थापना प्रक्रियामा जानु सकारात्मक कदम भएको उल्लेख गर्नुभयो। व्यवसायीहरू एकै ठाउँमा गोलबद्ध भएर अघि बढ्नुले स्थानीय व्यापार–व्यवसायको विकासमा नयाँ आयाम थपिने विश्वास उहाँले व्यक्त गर्नुभयो।

नव नियुक्त अध्यक्ष बृजनारायण साहले दुधौली नगरपालिकामा उद्योग वाणिज्य संघ स्थापना गर्न आवश्यक विधान निर्माणदेखि संघ दर्ता प्रक्रियासम्मका सम्पूर्ण काम छ महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले स्थानीय उद्योगी तथा व्यवसायीहरूको हकहित संरक्षण गर्दै संघलाई व्यवस्थित र सशक्त संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

महिला हिंसा न्यूनीकरणमा सामुदायिक मनोसामाजिक सहजकर्ताको अपरिहार्य भूमिका

By Dudhauli FM

Le principali innovazioni tecnologiche implementate in Monopoly Live e il loro impatto

By Dudhauli FM

Mobile vs Desktop Gaming: Which is Better?

By Dudhauli FM
Uncategorized

सिन्धुलीको दुधौलीमा आमाको हत्या, छोरा पक्राउ

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?