By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली–६ मा बालबालिका लक्षित विविध कार्यक्रम सम्पन्न

दुधौली–६ मा बालबालिका लक्षित विविध कार्यक्रम सम्पन्न

Dudhauli FM
Last updated: जेष्ठ २४, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE


– दुधौली एफ.एम. संवाददाता, सिन्धुली

दुधौली नगरपालिका–६ मा चालु आर्थिक वर्ष २०८१/०८२ अन्तर्गतको बालबालिका लक्षित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नगरपालिका स्तरबाट वार्षिक नीति तथा कार्यक्रममार्फत विनियोजित बजेट अन्तर्गत बालबालिकाका सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

वडा अध्यक्ष कमानसिङ आले मगरको विशेष पहल र स्थानीय अभिभावकहरूको सक्रिय सहभागितामा विभिन्न टोल र विद्यालयमा बाल क्लब पुनर्गठन, हाजिरी जबाफ, चित्रकला, र नृत्य प्रतियोगिताजस्ता गतिविधिहरू सम्पन्न भए।

कार्यक्रम बाल क्लब सञ्जालकी अध्यक्ष श्रीमती निर्मला कुमार दनुवारको अध्यक्षतामा र प्रमुख प्रशासकीय अधिकृत श्री दिनेशराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष रितेश राउत, वडा नं. ४ का अध्यक्ष रितेश बि.क., वडा नं. ६ का वडा सदस्यहरू, शिक्षक–शिक्षिका तथा स्थानीय अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बालबालिकालाई प्रथम, द्वितीय, तृतीय र चौथो स्थान अनुसार पुरस्कार वितरण गरिएको थियो। आयोजकहरूका अनुसार यस्ता गतिविधिले बालबालिकाको सिर्जनात्मकता, आत्मविश्वास र सामाजिक सहभागिता अभिवृद्धिमा टेवा पुर्‍याएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्तले दुधौलीका सबै वडाहरूमा यस्तै प्रकारका कार्यक्रम सञ्चालन गरी बालबालिकाको प्रतिभा उजागर गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो।

वडा नं. ६ ले विगतदेखि नै महिला, बालबालिका तथा अपाङ्गता भएका लक्षित समूहहरूलाई ध्यानमा राखी विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
कार्यक्रमको सफल आयोजनामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगीहरूलाई आयोजक टोलिबाट हार्दिक धन्यवाद तथा बधाई व्यक्त गरिएको छ।


Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

दुधौली ११ पत्रिङ्गाका श्री राधाकृष्ण किर्तन समुहद्वारा तामाङ सम्मानित

By Dudhauli FM
Uncategorized

दुधौलीमा सर्पदंशबाट बेहोस बालिका समयमै उपचारपछि सुरक्षित

By Dudhauli FM
Uncategorized

तरुण दलद्धरा दुधौलीमा माध्यमिक विद्यालय नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने

By Dudhauli FM
Uncategorized

बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?