By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > कमला नदीको टाँडी पुल नजिक ड्याम पुनर्निर्माण प्रक्रिया अघि बढ्यो, प्राविधिकद्वारा स्थलगत अनुगमन

कमला नदीको टाँडी पुल नजिक ड्याम पुनर्निर्माण प्रक्रिया अघि बढ्यो, प्राविधिकद्वारा स्थलगत अनुगमन

Dudhauli FM
Last updated: पुस ७, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफएम सम्बाददाता

दुधौली/ गत असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण कमला नदीमा आएको बाढीले दुधौली नगरपालिका वडा नं. ९ र ११ लाई जोड्ने टाँडी पुल मुनि पूर्वतर्फ निर्माण गरिएको ड्याम भत्किएपछि पुनर्निर्माण प्रक्रिया अघि बढाइएको छ।

भत्किएको ड्याम पुनः निर्माण गर्न बागमती प्रदेश सरकारअन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुलीका कार्यालय प्रमुखसहितको प्राविधिक टोलीले स्थलगत अनुगमन गर्दै प्राविधिक मूल्याङ्कन तथा लागत स्टिमेट तयारीको काम सुरु गरेको छ। अनुगमनपछि तत्काल निर्माण कार्य अघि बढाउने तयारी गरिएको जनाइएको छ।

स्थलगत अनुगमन कार्यक्रममा बागमती प्रदेश सरकार सदस्य तथा पूर्व मन्त्री शुकमाया तामाङ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुलीका प्रमुख निर्मल दाहाल तथा प्राविधिकहरू, दुधौली नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष देवप्रसाद अधिकारी, नेकपा (एमाले) दुधौली नगर कमिटीका सचिव रमेश कार्की लगायत स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

स्थानीयवासीहरूले बाढीका कारण ड्याम भत्किँदा बस्ती, कृषि जमिन तथा भौतिक पूर्वाधारमा जोखिम बढेको भन्दै शीघ्र पुनर्निर्माणको माग गरेका छन्। प्राविधिक टोलीले जोखिम न्यूनीकरण र दीर्घकालीन समाधानलाई ध्यानमा राखी आवश्यक प्राविधिक पक्ष समेटेर लागत स्टिमेट तयार गरिने जानकारी दिएको छ।

ड्याम पुनर्निर्माण सम्पन्न भएपछि बाढीको जोखिम कम भई स्थानीय जनजीवन, कृषि र पूर्वाधार सुरक्षित हुने विश्वास लिइएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Den ökande populariteten av vikingainspirerade slotspel: En djupdykning

By Dudhauli FM
Uncategorized

दुधौली नगरपालिका वडा नं १३ मा नयाँ सडक विस्तारको काम तीव्र गतिमा

By Dudhauli FM
Uncategorized

रास्वपा दुधौलीद्वारा ‘दुर्घटना न्युनिकरण तथा सचेतना कार्यक्रम’ सम्पन्न

By Dudhauli FM
Uncategorized

दुधौलीमा मुडुला कार्की कुलायन व्यवस्थापन समितीद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?