By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > नगर अस्पताल सिर्थौलीमा पनि अख्तियारको छापा, किन राखियो गुपचुप ?

नगर अस्पताल सिर्थौलीमा पनि अख्तियारको छापा, किन राखियो गुपचुप ?

Dudhauli FM
Last updated: पुस ५, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफएम सम्बाददाता

पुस ५, सनिवार
दुधौली / दुधौली नगर अस्पताल सिर्थौलीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले छापा मारेको खुलासा भएको छ। दुधौली नगरपालिकाको कार्यालयमा छापा परेको सोही दिन नगर अस्पतालमा पनि अख्तियारको टोली पुगेको भए पनि अस्पताल व्यवस्थापन समिति तथा कर्मचारीहरूले यस विषयलाई गुपचुप राखेका छन्।

अस्पताल स्रोतका अनुसार औषधि खरिद प्रक्रियामा अनियमितता, मेडिकल सुपरिटेन्डेन्टको तलब तथा सेवा–सुविधा, आवश्यक मेसिन तथा उपकरण खरिदसम्बन्धी विषयमा अख्तियारमा उजुरी परेपछि छापा मारिएको हो। तर छापा परेको यति लामो समय बितिसक्दा पनि नगर अस्पतालले औपचारिक रूपमा कुनै जानकारी सार्वजनिक नगरेको भन्दै स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ।

अख्तियारमा परेको उजुरीमा नगर अस्पतालभित्र नीतिगत तथा आर्थिक अनियमितता भएको दाबी गरिएको छ। उजुरीमा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले नेपाल सरकारले तोकेको तलब–भत्तामै दुई वर्ष सेवा गर्नुपर्ने स्पष्ट सम्झौता हुँदाहुँदै मासिक ४ लाख २७ हजार रुपैयाँ तलब दिइएको, भिडियो एक्स–रे सेवामा ७० प्रतिशत शुल्क लिइएको तथा मनोचिकित्सा सेवा अत्यावश्यक नहुँदा पनि चिकित्सकलाई ७५ प्रतिशत प्रोत्साहन भत्ता दिइएको उल्लेख छ।

त्यसैगरी अहेव तथा अ.न.मी. पदका लागि विज्ञापन गर्दा मासिक १८ हजार रुपैयाँ तलब तोकिए पनि पछि नेपाल सरकारले तोकेको तलब–भत्ता दिइएको, समिति निर्णयअनुसार अस्पतालको आम्दानी तीन दिनभित्र बैंकमा दाखिला गर्नुपर्ने व्यवस्था कार्यान्वयन नभएको र रकम अपचलन भएको आशंका गरिएको छ।

उजुरीमा नीति, विधि र प्रक्रिया विपरीत पहुँचका आधारमा कर्मचारी नियुक्त गरी तलब–भत्ता दोहन गरिएको भन्दै नियुक्तिको आधार खोजी गरी कारबाही गर्नुपर्ने मागसमेत गरिएको छ। उजुरीकर्ताले माथि उल्लेखित बुँदाहरू पूरा भएमा चिकित्सकहरूले पनि नेपाल सरकारले तोकेको भन्दा बढी तलब–भत्ता नखोज्ने दाबी गरेका छन्।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको बताइए पनि नगर अस्पताल प्रशासन र दुधौली नगरपालिकाले हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्। छापा जस्तो गम्भीर विषयलाई किन गोप्य राखियो भन्ने प्रश्नले दुधौली नगर अस्पतालको पारदर्शिता र सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

दुधौली नगर अस्पताल सिथौलीमा सेवाग्राही घट्दै, व्यवस्थापन र सेवाप्रति गम्भीर प्रश्न

By Dudhauli FM
Uncategorized

दुधौलीमा प्रहरी र अस्पतालबीच सहकार्य सम्झौता तथा बिपत ब्यवस्थापन तालिम सप्पन्न

By Dudhauli FM
Uncategorized

२२ वर्षपछि न्यायको आशामा कार्की परिवार

By Dudhauli FM

Tattiche di marketing innovative per ottenere extra chilli gratis come nuovo cliente

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?