By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > २२ वर्षपछि न्यायको आशामा कार्की परिवार

२२ वर्षपछि न्यायको आशामा कार्की परिवार

Dudhauli FM
Last updated: असार २७, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. सम्बाददाता

सिन्धुली, असार २५

दुधौली नगरपालिका–१३ मा २२ वर्षअघि भएको कार्की दम्पतीको विभत्स हत्यामा संलग्न अभियुक्त केदार सिंह थापा लामो समयपछि पक्राउ परेका छन्। ढिलो भए पनि मुख्य अभियुक्त पक्राउ परेपछि मृतकका परिवारले न्याय पाउने आशा बोकेर जिल्ला सदरमुकाम धाउन थालेका छन्।

२०६० साल मंसिर ६ गते राति धारिलो हतियार प्रयोग गरी दुधौलीका ४५ वर्षीय रत्नबहादुर कार्की र उनकी श्रीमती दुर्गामाया कार्कीको क्रुर हत्या गरिएको थियो। घटनालगत्तै फरार भएका थापा वर्षौंसम्म फरार रहेका थिए।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदीका अनुसार निरन्तर अनुसन्धानपछि अभियुक्त थापा दाङको लमही नगरपालिका–९, जलकुण्डीमा लुकीछिपी बसिरहेको अवस्थामा असार २३ गते पक्राउ गरिएको हो।

हत्या भएको समय मृतकका छोरा दुर्गा बहादुर कार्कीले तत्कालीन उदयपुर मवखु गाविस–६ (हाल कटारी नगरपालिका–१३) निवासी केदार सिंह थापाविरुद्ध किटानी जाहेरी दिएका थिए। तर थापा फरार रहँदै आएका थिए।अन्दाजी ५७ वर्षका थापालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत सिन्धुलीबाट म्याद थप गराई थप अनुसन्धान गरिरहेको छ।

पीडित परिवारले घटनामा राजनीतिक प्रभाव वा दबाब नपरोस् र कुनै बहानामा अभियुक्त उम्कन नदिई ढिलो भए पनि उचित न्याय दिन सबै पक्षसँग आग्रह गरेका छन्।पीडित पक्षले भने, “२२ वर्षअघि हाँस्दो–खेल्दो जीवन बिताइरहेको हाम्रो परिवारमा बज्रपात झरेको थियो। आज पनि त्यो घाउ ताजा नै छ। अब ढिलो भए पनि न्याय पाउने आशा पलाएको छ।”

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

दुधौली ७मा योजनाको अनुगमन सम्पन्न

By Dudhauli FM
Uncategorized

दुधौलीमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता, नबिया कुमारी प्रथम

By Dudhauli FM
Uncategorized

दुधौली ११ पत्रिङ्गाका श्री राधाकृष्ण किर्तन समुहद्वारा तामाङ सम्मानित

By Dudhauli FM

The Eye of Horus: A Timeless Compass and Journey Symbol

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?