दुधौली एफएम सम्बाददाता
दुधौली / सिन्धुलीको दुधौली नगरपालिकामा हाल जारी दुधौली क्रीकेट खुल्ला नकाउट क्रीकेट कपमा आज दुधौली क्रीकेट क्लब B ले मरिण क्रीकेट क्लबलाई सानदार जित हात पारेको छ । मरिण क्रीकेट क्लबले दिएको ७८ रनको सामान्य लक्ष्यलाई दुधौलीले सुरुबाटै आक्रमक शैली अपनाउँदै मात्र ७ ओभरमै सहज रूपमा पछ्याउन सफल भयो।

टस जितेर पहिले व्याटिङ गरेको मारिन क्रिकेट क्लब १५.४ ओभरमा जम्मा ७७ रनमै समेटिएको थियो। टिमका लागि लोकेशले २९ रन, सुदीप खनालले २४ रन, र दिनेश महतोले ३ रनको योगदान दिए। दुधौलीतर्फ बलिङमा अत्यन्तै प्रभावशाली प्रदर्शन देखिएको थियो ।जाकिर हुसेनले ४ ओभरमा १३ रन खर्चेर ४ विकेट, महेश चौधरीले ३ ओभरमा ९ रन दिंदै ३ विकेट, र धनुषले २ ओभरमा २ रनमा २ विकेट लिएका थिए। लक्ष्य पछ्याउने क्रममा दुधौलीका ब्याट्सम्यानहरूले खेललाई पूर्णतया नियन्त्रणमा राखे। राजेशले ३० रन, निराजले १३ रन, र रामराजले १२ रन जोड्दै टिमलाई ७ ओभरमै जितसम्म पुर्याउन सफल भए ।

मारिनका बलरहरूले केही अवसर बनाए पनि दुधौलीको आक्रमक खेल मरिण्लले रोक्न सकेनन्। नरेश शाह, आनन्द राज र अजय यादवले तर्फबाट समान १–१ विकेट हासिल गरे। आजको खेलमा उत्कृष्ट बलिङ प्रदर्शनका आधारमा ‘प्लेयर अफ द म्याच’ जाकिर खान घोषित भएका छन्। आजको खेलमा बिजेता हुने दुधौली क्रीकेट क्लब ले भोलिको सेमी फाईनल सिन्धुली क्रीकेट क्लव संग अमने सामने हुनु पर्ने छ ।
