दुधौली एफएम सम्वाददाता
दुधौली नगरपालिका वडा नं. १० मा वडा स्तरिय “वडा अध्यक्ष फुटबल कप प्रतियोगिता” सुरु भएको छ। हिजो चैत २१ बिहिवारका गतेका दिनन उद्घाटन भएको कार्यक्रममा खेलकुद समिति अध्यक्ष निर्दोष अधिकारीको अध्यक्षतामा र वडा अध्यक्ष कुमार शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा नगर खेलकुद अध्यक्ष श्रामशरण थापा, वडा सदस्य अशोक अधिकारी तथा वडा सदस्य श्पार्वती अधिकारीको उपस्थिति रहेको थियो।

प्रतियोगितामा जम्मा ६ वटा टिमले भाग लिएका छन् भने खेलहरू साबिक वडाका खेलाडीहरूको प्रत्यक्ष सहभागितामा आयोजना हुँदैछ। प्रतियोगिता चैत २१ गतेदेखि सुरु भई २५ गतेका दिन फाइनल खेल समेत सम्पन्न हुने तालिका तय गरिएको छ।
प्रतियोगिताका विजेताहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। पहिलो हुने टिमलाई नगद रु २०,००० (बीस हजार), दोस्रो हुने टिमलाई नगद रु १०,००० (दस हजार) सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

