By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली एफ.एम. चौथो वर्षमा प्रवेश

दुधौली एफ.एम. चौथो वर्षमा प्रवेश

Dudhauli FM
Last updated: अशोज १, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. संवाददाता

०१ असोज २०८२

सिन्धुली । विश्वकर्मा पूजाको विशेष अवसर पारेर दुधौली एफ.एम.ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाउँदै चौथो वर्षमा प्रवेश गरेको छ । दुधौली नगरपालिकास्थित कमलखोंचबाट सञ्चालन हुँदै आएको यस एफ.एम.ले स्थापना कालदेखि नै स्थानीय जनता र सरकारबीच सेतुको भूमिकामा निरन्तर क्रियाशील रहँदै आएको छ ।

सूचना, सन्देश र मनोरञ्जनका साथै विभिन्न भाषा–संस्कृतिलाई प्राथमिकता दिँदै समावेशी दृष्टिकोणमा आधारित कार्यक्रमहरू प्रसारण गर्दै आएको दुधौली एफ.एम.ले विश्वकर्मा पूजाको दिन अर्थात् तीन वर्षअघि नै परीक्षण प्रशारण सुरु गरेको थियो । तर, विभिन्न कारणवश आधिकारिक उद्घाटन केही दिनपछि मात्र सम्पन्न भएको थियो ।

तीन वर्षको सफल यात्रामा एफ.एम.ले श्रोता, सामाजिक सञ्जालमार्फत जोडिएका दर्शक, विज्ञापनदाता तथा सल्लाहकारप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा अझ मजबुत साथ–सहयोगको अपेक्षा गरेको छ ।

यसै सन्दर्भमा, चौथो वर्ष प्रवेशसँगै “तपाईँसँग रेडियो” नामक नयाँ कार्यक्रम सुरु गर्ने घोषणा गरिएको छ । यो कार्यक्रम जनतासँग प्रत्यक्ष सरोकार राख्ने, उनीहरूको आवाज सुन्ने तथा सुख–दुःखका विषय साझा गर्ने उद्देश्यले सञ्चालन हुने भएको दुधौली एफ.एम.का प्रबन्धक तथा सञ्चालक दिपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

त्यसैगरी, एफ.एम.का अध्यक्ष दिल पौडेलले यस वर्ष विशेष कार्यक्रम गर्ने तयारी भए पनि देशको प्रतिकूल अवस्थाका कारण तोकिएको मिति अनुसारका कार्यक्रमहरू पछि सारिएको बताउनुभयो । उहाँका अनुसार परिस्थिती सामान्य हुँदै जाँदा स्थगित कार्यक्रमलाई आगामी दिनमा भव्य रूपमा आयोजना गरिनेछ ।

दुधौली एफ.एम. चौथो वर्षमा प्रवेशसँगै स्थानीय समुदायमा सूचना प्रवाह, जनचेतना अभिवृद्धि र मनोरञ्जनका क्षेत्रमा अझ सशक्त योगदान गर्ने दाबी गरेको छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

सम्पादकीय, कांग्रेसमा परिवर्तनः समयको आदेश र इतिहासको चेतावनी

By Dudhauli FM
Uncategorized

सुमो सहित बेपत्ता दिपेन्द्र केसी दुर्घटनाग्रस्त अवस्थामा फेला, चालकको मृत्यु

By Dudhauli FM
Uncategorized

दुधौली १४ मा कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

By Dudhauli FM

Les secrets de la complexité algorithmique derrière Fish Road

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?