दुधौली एफ.एम. सम्बाददाता
सिन्धुली — बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीको आयोजनामा भाद्र १४ गते मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रका निमित्त समादेशक प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीको प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।

प्रतियोगितामा तालिम केन्द्रमा कार्यरत प्रशिक्षक टोली र दुधौली नगरपालिका–४, डकाहा बीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको थियो। उक्त खेलमा सिनियर तथा जुनियर प्रहरी अधिकृत, प्र.ह/प्र.ज. साथै केन्द्रमा सञ्चालित उन्नत तालिममा तालिमरत प्रशिक्षार्थीहरू र प्रहरी जवान आधारभूत तालिम (६–२०४औँ) समूहका प्रशिक्षार्थीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

प्रहरी तालिम केन्द्र र स्थानियहरु बिच यसरी समय समयमा हुने बिभिन्न कार्यक्रमहरुले प्रहरी मेरो साथी भन्ने नारालाई अझ सार्थकता दिने बागमती प्रहरी तालिम केन्द्रका सूचना अधिकारी दिलिप गिरिले बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै डि.यस.पि.. गरिले कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै कार्यक्रममा सहभागि भएकोमा धन्यबाद दिनु भएको थियो ।
कार्यक्रमका विभिन्न झलकहरूमा उपस्थितहरूको उत्साहजनक सहभागिता देखिएको थियो।